कक्षा १२ मा करिब ४० प्रतिसत परीक्षार्थी असफल

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षा २०८२ को नतिजा सार्वजनिक गरेको छ।

सोमबार साँझ नतिजा सार्वजनिक भएको हो ।

नतिजाअनुसार नियमिततर्फ कुल ३ लाख ९६ हजार ३ सय ४७ परीक्षार्थीमध्ये सबैभन्दा धेरै १ लाख ५३ हजार ८ सय ८२ जना (करिब ३९.५८ प्रतिशत) विद्यार्थी ‘एनजी’ अर्थात् Not Graded श्रेणीमा परेका छन्।

ननग्रेडेड हुने विद्यार्थीले ग्रेड वृद्धिको लागि पुनः परीक्षामा सहभागी हुनु अनिवार्य गरिएको छ । प्रत्येक १० जना विद्यार्थीमा ४ जनाले ग्रेड पाउन नसकेको तथ्यांकले देखाउँछ ।

बोर्डले प्रकाशित गरेको ग्रेड समूहतर्फको संक्षिप्त विवरण अनुसार:

जिपिए ३.६१ देखि ४ सम्म प्राप्त गर्ने विद्यार्थीको संख्या १३ हजार ५०२ रहेको छ। यो संख्या ३.४१ प्रतिसत मात्र हो ।

जिपिए ३.२१ देखि ३.६० सम्म पाउने ५५ हजार ८९६ जना छन्।

जिपिए २.८१  देखि ३.२० सम्म पर्ने विद्यार्थीको संख्या सबैभन्दा धेरै ९४ हजार २६८ रहेको छ।

जिपिए २.४१  देखि २.८० सम्म प्राप्त गर्ने विद्यार्थी ६९ हजार ८१२ जना रहेका छन्।

जिपिए २.०१ देखि २.४० सम्म श्रेणीमा ८ हजार ९६४ जना छन्।

जिपिए १.६१ देखि २.०० सम्म पाउने विद्यार्थीको संख्या भने निकै कम, जम्मा २३ जना मात्र रहेका छन्।

यसरी हेर्दा जिपिए २.४१ भन्दा माथिको श्रेणी ल्याउने विद्यार्थीको संख्या २ लाख ३३ हजार ४७८ रहेको छ, जुन कुल परीक्षार्थीको ५८.۹१ प्रतिशत हो।

तर, झन्डै ४० प्रतिशत विद्यार्थी ‘एनजी’ श्रेणीमा परेको तथ्यले शिक्षाको गुणस्तर, सिकाइको अवस्था र मूल्यांकन प्रणालीप्रति गम्भीर प्रश्न उठाएको छ।

 ‘एनजी’ मा परेका विद्यार्थीहरू आवश्यक विषयमा ३५ प्रतिशतभन्दा कम अंक ल्याएको कारण ग्रेड प्राप्त गर्न नसकेका उप परीक्षा नियन्त्रण कृष्ण घिमिरेले बताएका छन् ।

परिणामले माध्यमिक शिक्षा तहमा गुणस्तरीय सुधारको खाँचो देखिएको शिक्षा पत्रकार समूहकी अध्यक्ष निर्जला कक्षपती बताउछिन् । साथसाथै शिक्षण पद्धति, पाठ्यक्रम तथा विद्यार्थीको मूल्यांकन प्रणालीमा पुनरावलोकन आवश्यक देखिएको बिश्लेशकहरु बताउँछन् ।

परीक्षामा आंंशिक तर्फ १ लाख १४ हजार ६ सय ६० सहित गरी कुल ५ लाख १० हजार ९ सय ८७ परीक्षार्थी सामेल थिए ।