१४ वर्षिय बालकबाट बलात्कार !

इलाम । इलाम नगरपालिका–७ बस्ने ११ वर्षीया बालिकामाथि सोही वडाका १४ वर्षीय बालकले आफ्नै घरको कोठामा लगेर जबरजस्ती करणी िगरेको आरोपमा प्रहरीले बालकलाई नियन्त्रणमा लिएको छ।

पीडित बालिकाको बुबाले आइतबार जिल्ला प्रहरी कार्यालय, इलाममा जाहेरी दिएपछि महमाई प्रहरी चौकीबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको टोलीले आरोपित बालकलाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार आरोपितलाई जिल्ला प्रहरी कार्यालय इलाममा राखी आवश्यक अनुसन्धान कार्य भइरहेको छ।

प्रहरीले बालबालिका सम्बन्धी कानुनअनुसार कार्वाही अगाडि बढाइने बताएको छ।