काठमाडौ । काठमाडौ महानगरका मेयर बालेन्द्र साह (बालेन साह) ले सामाजिक सञ्जालमा कविता सार्वजनिक गर्दै ‘किसानझैं फोहोर’ भन्ने अभिव्यक्ति दिएपछि राजनीति त्यागेर हाल खेतीकिसानी गरिरहेका पूर्वमन्त्री लोकेन्द्र बिष्ट मगरले तीव्र असन्तुष्टि व्यक्त गरेका छन्।
“तिमी किसानलाई फोहोर देख्छौ, तर, यही किसानले उब्जाएको अन्न खान्छौ कि खादैनौ? बिष्टले भावनात्मक र प्रश्नात्मक शैलीमा बालेनलाई प्रश्न गरेका छन् ।
तरकारी, दूध, माछा-मासु, फलफूल, मसला—
यी सबै उत्पादन गर्ने को हुन्? उनको प्रश्न छ ।
तिमी गाँजा तान्छौ रे,
त्यो उब्जाउने को हो?
तिमी चिया, कफी पिउँछौ होला,
अनि ती पनि किसानकै हातबाट होइन र?
कहिलेकाहीं तिमी थकाली भान्छाघरमा पुग्छौ रे,
त्यहाँको परालको सुकुल र गुन्द्री कसले बुन्छ?
अब भन कवि बालेन,
तिमी कसका सन्तान हौ — किसान-मजदुरका,
कि सामन्त, राजा-रजौटा वा बादशाहका?” पूर्वमन्त्री बिष्टमगरको आक्रोशपूर्ण प्रश्न छ ।
बिष्टले बालेनलाई सचेत गराउँदै किसान-मजदुरलाई फोहोरी ठान्ने र हेप्नेहरू कहिल्यै देश र जनताको सच्चा प्रतिनिधि हुन नसक्ने भनेका छन् । उनले किसानलाई हेप्न नहुने प्रति हेक्का राख्न सुझाव दिएका छन् ।
यस प्रतिक्रियाबाट बिष्टले किसानप्रतिको अपमानजनक शब्द प्रयोगप्रति आफ्नो गहिरो आक्रोश प्रकट गर्दै, समाजमा श्रम र उत्पादनकर्ताप्रतिको सम्मान पुनःस्थापना गर्न सन्देश दिएका छन्।







