डोटी । डोटीको बडिकेदार गाउँपालिका–३ देवलमा बिहान करिब साढे ९ बजे बोलेरो जिप दुर्घटना हुँदा एक महिलाको ज्यान गएको छ ।
जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार सु.प.प्र.०१–००१ च ४६५१ नम्बरको बोलेरो जिप भित्री कच्ची सडकमै पल्टिएको थियो । उक्त दुर्घटनामा परी बडिकेदार गाउँपालिका–३ की ३५ वर्षीया लक्ष्मी कुमारी सलामीको घटनास्थलमै ज्यान गएको हो ।
जिप चालक कैलाली घोडाघोडी नगरपालिका–८ का २८ वर्षीय सरोज विकसहित अन्य ८ जना यात्रु भने सकुशल रहेका छन् ।
दुर्घटनापछि प्रहरी निरीक्षक पदम राज भट्टको नेतृत्वमा चार जनाको टोली घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।







