इलाम । कर्तब्य ज्यान मुद्दामा दोषी ठहर भई फरार रहेका एक प्रतिवादी ४५ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्ने ब्यक्ति इलाम सन्दकपुर-५ का तील बहादुर गुरुङ रहेका हुन् ।
७६ वर्षको उमेरमा उनी प्रहरीको फन्दामा परेका जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । सूचना अधिकारी रहेका प्रहरी निरीक्षक संजीव बोगटीले गुरुङ कर्तब्य ज्यान मुद्दामा १० वर्ष कैद सजाय सुनाइएका अपराधी भएको बताए ।
करिब ३० वर्षको उमेरमा कर्तब्य ज्यान मुद्दा मा जिल्ला अदालत इलामले गुरुङलाई दश वर्ष कैद्को फैसला सुनाएको भएपनि उनी फरार रहेकाले फैसला कार्यान्वयन हुन सकेको थिएन ।
मंगलबार प्रहरीले गुरुङलाई सन्दकपुर-५ बाट पक्राउ गरी फैसला कार्यान्वयनका लागि जिल्ला काराकार चलान गरेको प्रहरी निरीक्षक बोगटीले बताएका छन् ।