जेन–जी प्रतिनिधि यमराज पक्राउ

काठमाडौं ।  पछिल्लो समय ‘जेन–जी प्रतिनिधि’ भन्दै विभिन्न सरकारी कार्यालयमा पुगेर कर्मचारीलाई धम्क्याउँदै आएका यमराज र  यमु भनेर चिनिने अर्जुनबहादुर शाही पक्राउ परेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले उनलाई बुधवार साँझ कोटेश्वर क्षेत्रबाट पक्राउ गरेको हो। परिसरका प्रवक्ता एसपी पवन भट्टराईका अनुसार शाहीको अबैधानिक हर्कत र आपराधिक पृष्ठभूमिबारे थप अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो।

“जेन–जीको नाममा सरकारी निकायका कर्मचारीलाई डर त्रास देखाउने अर्जुनबहादुर शाहीलाई प्रहरीले पक्राउ गरेको छ।” एसपी भट्टराईले भने ।

 विगतमा पनि ठगी, चेक बाउन्स लगायतका उजुरीहरू दर्ता भएका देखिएको र स्वयम्भु वृत्तमा बिद्या श्रेष्ठले दायर गरेको चेक बाउन्सको मुद्दामा उनी फरार रहेको खुलेको प्रहरीले जनाएको छ।