भक्तपुरबाट २७ जुवाडे पक्राउ

भक्तपुर । भक्तपुर नगरपालिका-३ नासमनाको घ:खास्थित एक घरमा जुवा खेलिरहेको अवस्थामा २७ जना पक्राउ परेका छन् ।

गएराति विशेष सुराकीको आधारमा जिल्ला प्रहरी परिसर भक्तपुरको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेक हो ।

पक्राउ परेकाहरुको पहिचान सार्वजनिक भएको छैन ।तर, जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता समेत रहेका प्रहरी नायब उपरीक्षक प्रकाश जवेगुले २७ जुवाडे पक्राउ परेका पुष्टि गरे ।

घटनास्थलबाट ८ लाख बढी नगद बरामद भएको बताइएको छ । पक्राउ परेकाहरू उपर थप अनुसन्धान भैरहेको प्रहरीको भनाइ छ ।