काभ्रेपलान्चोक । जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकले ५२ जना फरार अपराधीलाई पक्राउ गर्न सफल भएको छ । गत भदौ २४ गते कारागारबाट निस्किएर नफर्किएका ५२ जनालाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा सबैभन्दा बढी जबर्जस्ति करणीका १४ जना र कर्तब्य ज्यान मुद्दाका १२ जना रहेका जिप्रकाको प्रवक्ता रविन बिष्टले बताए ।
जिल्लाका विभिन्न ठाउँमा लुकीछिपी रहेको अवस्थामा पक्राउ गरि सम्बन्धित कारागार पठाइएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा बाल बिज्याइकर्ता देखि बिदेशी नागरिक सम्म रहेका छन् ।
हेर्नुस् कुन मुद्दामा कति पक्राउ







