काभ्रे । जेनजी प्रदर्शनमा प्रहरी र सरकारी कार्यालयमा आगजनी, तोडफोड र लुटपाटको आरोपमा काभ्रे प्रहरीले सातजनालाई नियन्त्रणमा लिएको छ ।
उनीहरू उपर सात दिनको म्याद लिएर थप अनुसन्धान भैरहेक प्रहरीको भनाइ छ ।
पक्राउ पर्नेमा तीनजनाको पृष्ठभुमि आपराधिक देखिएको डिएसपी रविन बिष्टले बताएका छन् ।
चोरीमा तीनपटक मुद्दा चलेका पनौती-२ का सुवास तामाङ र अभद्र ब्यवहार मुद्दा दर्ता भएका पनौतीकै अनिस सापकोटा र बेथानचोकका होमप्रकाश तिमिल्सिना रहेका उनले बताए ।






