चितवन ।चितवनमा यात्रुवाहक बस र ईभी माइक्रो बस शनिबार बिहान एक आपसमा ठोक्किँदा ७ जनाको ज्यान गएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत चितवनको राप्ती नगरपालिका–३ मा भएको सो दुर्घटनामा ३१ जना घाइते भएको चितवनका प्रमुख जिल्ल अधिकारी प्रकाश पौडेलले जानकारी दिएका छन् । मृतकहरुको सनाखत भइनसकेको उनको भनाई छ । शव भरतपुर अस्पतालको शव गृहमा राखिएको […]
Tag: चितवन
जोगीको भेषमा चोरी गर्ने पक्राउ
चितवन, ८ जेठ । जोगीको भेषमा तन्त्र-मन्त्र गर्ने नाउँमा सर्वसाधारणलाई झुक्याएर नगद र सुन चोर्ने दुई जना भारतीय नागरिकलाई प्रहरीले चितवनबाट पक्राउ गरेको छ। भरतपुर महानगरपालिका–१० बालमन्दिर रोडस्थित एक पीडितले तन्त्र-मन्त्र गर्ने भन्दै जोगीको भेषमा आएका व्यक्तिले आफूलाई लठ्ठ पारी नगद र सुनको मुन्द्रा लिएर फरार भएको जानकारी दिएपछि जिल्ला प्रहरी कार्यालय चितवन सक्रिय भएको […]
दासढुंगा दुर्घटनाको ३२ बर्ष : आश्रित पुत्र भन्छन्,अझै न्याय पाएनौं
चितवन । नेकपा एमालेका तत्कालीन महासचिव मदन कुमार भण्डारी र संगठन बिभाग प्रमुख जीवराज आश्रितको चितवनको दासढुंगामा रहस्यमय जीप दुर्घटनामा ज्यान गएको आज ३२ वर्ष भएको छ । जीपका चालक अमर लामा मात्र जीवित बचेका थिए।तर, उनलाई पनि गोली हानी मारिएपछि त्यो गुथ्थी सुल्झन सकेको छैन । एमाले पटकपटक सरकारको नेतृत्वमा पुग्यो । भण्डारीकै राजनीतिको […]
भरतपुरमा राईनो पार्क र चिडियाखाना शिलान्यास
चितवन, १ जेठ। भरतपुर महानगरपालिका–१२ स्थित गोन्द्राङको रामबेल सामुदायिक वन क्षेत्रमा राईनो पार्क तथा चिडियाखाना निर्माण कार्यको शिलान्यास गरिएको छ। महानगरपालिकाको विशेष परियोजनाअन्तर्गत ८ बिघा क्षेत्रफलमा निर्माण गर्न लागिएको सो संरचनाको बिहीबार महानगर प्रमुख रेनु दाहालले औपचारिक रूपमा शिलान्यास गरेकी छन् । महानगरले चिडियाखानाभित्र संरक्षित बन्यजन्तुको अवलोकन, जानकारीमूलक केन्द्र, रमणीय बगैँचा तथा बालमैत्री पूर्वाधार निर्माण […]
भरतपुर महानगरपालिका र मुड्केचुला गाउँपालिकाबिच भगिनी सम्बन्ध
दिर्घबहादुर शाही, डोल्पा । बागमती प्रदेशको सुगम चितवनको भरतपुर महानगरपालिका र कर्णाली प्रदेश अन्तर्गतको विकट हिमाली जिल्ला डोल्पाको मुड्केचुला गाउँपालिकाबीच औपचारिक रूपमा भगिनी सम्बन्ध स्थापना गरिएको छ। बुधबार भरतपुर महानगरमा आयोजित एक विशेष समारोहका बीच दुई स्थानीय तहबीच सम्झौता पत्रमा हस्ताक्षर गरिएको हो। सम्झौतापत्रमा भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल तथा मुड्केचुला गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीले […]
कालिका नगरपालिकामा विद्यालय खोल्ने सहमति भएको भन्दै भ्रम फैलाइयो
चितवन । चितवनको कालिका नगरपालिका अन्तर्गतका विद्यालय खोल्न कुनै सहमति नभएको स्थानीय शिक्षक संघ संगठनले स्पष्ट पारेका छन् । कालिका नगरपालिकामा शिक्षकहरु विद्यालय खोल्न सहमत भएका भन्दै भ्रम छर्न खोजिएको प्रति उनीहरुले आपत्ति पनि प्रकट गरे । १५ गतेदेखि विद्यालय सञ्चालन गर्न पालिकाले आग्रह गरेपछि त्यसो गर्न नसकिने जानकारी गराउन पुगेका शिक्षक नेताहरु र प्रधानाध्यापकसंग […]
स्वतन्त्र उम्मेदवारी दिएर स्ववियु सभापति भएका अधिकारी अखिल क्रान्तिकारीमा समाहित
चितवन । चितवन इन्जिनियरिङ क्याम्पसमा स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित स्ववियु सभापति प्रज्वल अधिकारी अखिल (क्रान्तिकारी) मा प्रवेश गरेका छन् । आफू अखिल क्रान्तिकारी भएको उनले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका हुन्। बिहीबार पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र भरतपुर महानगरकी मेयर समेत रहेकी माओवादी नेतृ रेणु दाहालले अधिकारीलाई पार्टीमा स्वागत गरेका […]
चितवनस्थित नमूना विद्यालय वीरेन्द्रआदर्श माविको विब्यसमा तेस्रोपटक पनि कँडेलकै नेतृत्व
चितवन । चितवनको राप्ती-७ वीरेन्द्रनगरस्थित वीरेन्द्र आदर्श माद्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा पुनः घनश्याम कँडेल चयन भएका छन् । कँडेल तेस्रो पटक पनि अध्यक्ष कायम रहन सफल भएका हुन् । वडाध्यक्ष सुमिता डल्लाकोटी र नगरपालिकाको शिक्षा शाखाकी अधिकृत रवीना देउजा लगायतको उपस्थितिमा बुधबार सम्पन्न भेलाले कँडेललाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो । अध्यक्ष कडेलसंगै सबै […]
पर्यटन प्रवर्द्धनमा भरतपुर भ्रमण वर्ष कोशेढुङ्गा सावित हुने प्रधानमन्त्रीको विश्वास
चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रकै पर्यटन प्रवर्द्धनका निम्ति भरतपुर भ्रमण वर्ष कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गरेका छन् । ‘घुमौँ भरतपुर’ भन्ने नाराका साथ् सुरु गरिएको ‘भरतपुर भ्रमण वर्ष, २०२४’ को शुक्रवार उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले चितवनलाई आर्थिक केन्द्रको रूपमा विकास गर्न यो कार्यक्रमले योगदान पुर्याउने बिश्वास व्यक्त गरेका हुन् । विशिष्ट पाहुनाहरूबाट […]
१४ वर्षिया शालीनको आत्महत्या नभई बलात्कार पछि हत्या भएको किटानी जाहेरी
चितवन । चितवनको रत्ननगर नगरपालिका–१० स्थित एकता शिशु निकेतन बोर्डिङ स्कुलको होस्टलमा मृत फेला परेकी छात्रा शालीन पोख्रेलका अभिभावकले हत्या भएको किटानी जाहेरी दिएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले १४ वर्षिया शालीन गत १२ गते होस्टलमा आत्महत्या गरेको अवस्थामा फेला परेकी बताएको भएपनि शालीनका परिवार त्यो मान्न तयार छैनन् । विद्यालयका प्रधानाध्यापक बालहरि देवकोटा, […]