चितवन । चितवनको राप्ती-७ वीरेन्द्रनगरस्थित वीरेन्द्र आदर्श माद्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा पुनः घनश्याम कँडेल चयन भएका छन् । कँडेल तेस्रो पटक पनि अध्यक्ष कायम रहन सफल भएका हुन् ।
वडाध्यक्ष सुमिता डल्लाकोटी र नगरपालिकाको शिक्षा शाखाकी अधिकृत रवीना देउजा लगायतको उपस्थितिमा बुधबार सम्पन्न भेलाले कँडेललाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो । अध्यक्ष कडेलसंगै सबै सदस्यहरु समेत सर्वसम्मत चयन भएका छन् ।
सदस्यमा केशवबहादुर रिमाल दोश्रो कार्यकालका लागि दोहोरिएका छन् । अन्य सदस्यहरुमा मिना बिक, सीता पाेखरेल, बेदनिधि छत्कुली र मीना दर्जी रहेका विद्यालयका प्रधानाध्यापक सोमनाथ तिवारीले बताए ।
विद्यालय ब्यवस्थापन समितिमा एक शिक्षक प्रतिनिधि सहित वडाध्यक्ष र प्रधानाध्यापक पदेन सदस्य रहने छन् ।
विद्यालयको शिक्षक अभिभावक संघमा अध्यक्ष अञ्जन रेग्मी र सदस्यहरुमा माेतिलाल ढुङ्गाना, शान्ति परियार, अनिता परियार,सुमित्रा सिलवाल र जीतबहादुर तामाङ चयन भएका बताइएको छ ।
बिक्रम सम्बत २०२३ सालमा स्थापित वीरेन्द्र आदर्श मावि पूर्वी चितवनको सर्वोत्कृष्ट विद्यालयको रुपमा परिचित छ । पर्याप्त भौतिक पूर्वाधार रहेको यो विद्यालय बागमती प्रदेश सरकारले नमूना विद्यालयको रुपमा बिकास गरेको विद्यालय हो । विद्यालयले आइएसओ मान्यता पनि प्राप्त गरेको छ ।
कक्षा १२ सम्म पढाई हुने वीरेन्द्रआदर्श माविमा करिब ४ दर्जन शिक्षक र कर्मचारी छन् भने एक हजारको हाराहारी विद्यार्थीहरु अध्ययनरत रहेका छन् ।