बागमती प्रदेश सरकारले धादिङको बेनिघाट रोराङ गाँउपालिकालाई ग्रामिण अल्ट्रासाउन्ड मेसिन उपलब्ध गराएको छ ।
प्रदेश सरकारका स्वास्थ्य मन्त्री किरण थापाले गाउँपालिका उपाध्यक्ष टाप बहादुर श्रेष्ठलाई बुधबार सो मेसिन हस्तान्तरण गरेका हुन् ।
स्वास्थ्य मन्त्री थापाले दुर्गम क्षेत्रमा स्वास्थ्य सुविधा पुर्याउन यसले मद्दत गर्ने बिश्वास व्यक्त गरे ।
ग्रामीण क्षेत्रका गर्भवती महिलाको भ्रुण जाँचमा मेसिन प्रयोग गरिने भएकोले यसले सुरक्षीत र स्वास्थ बच्चा जन्माउन सहयोग पुग्ने स्वास्थ मन्त्रालयकी सचिव डा सुमित्रा गौतमले बताइन् ।
यसले गर्भको जटिलता र मृत्युदर न्यूनीकरणमा सहयोग पुग्ने उनको भनाइ छ । सचिव डा गौतम आफू पनि प्रसुती तथा महिला रोग विशेषज्ञ हुन् ।
स्वास्थ्य आपुर्ती व्यबस्थापन केन्द्रका प्रमुख डा. अर्जुन सापकोटाले यस अघि धादिङको रुभिभ्याली गाउँपालिका लगायतमा पनि ग्रामिण अल्ट्रासाउन्ड मेसिन मन्त्रालयमार्फत खरिद गरी हस्तान्तरण गरिसकिएको जानकारी गराए ।
बेनिघाट रोराङ गाँउपालिका अध्यक्ष कृष्णबहादुर थपलिया (विवेक) ले प्राप्त ग्रामिण अल्ट्रासाउन्ड मेसिनमार्फत गाउँ गाउँमै गर्भ जाँचको सेवा पुर्याइने प्रतिवद्धता प्रकट गरेका छन् ।
प्रमुख प्रशासकीय अधिकृत नर्वदा घिमिरेले अस्पताल जान नसक्ने ग्रामिण गर्भवती महिलाको पहुँचमा अल्ट्रासाउन्ड सेवा पुर्याउन मेसिन उपयोगी हुने प्रष्ट पारिन् ।
३३ हजार बढी जनसंख्या रहेको यो पालिका धादिङ जिल्लाको दक्षिण पश्चिममा अवस्थित रहेको छ । बेनिघाट रोराङ गाउँपालिका २ सय ६ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको ग्रामिण क्षेत्रयुक्त पालिका हो ।