भक्तपुरको मध्यपुर थिमि-३ गठ्ठाघर चोकमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको ज्यान गएको छ ।
भक्तपुरबाट काठमाडौ तर्फ जाँदै गरेको बागमती प्रदेश ०३-००१ ख १८८४ नम्बरको ट्रकले सोही दिशा तर्फ जाँदै गरेको बा ३१ प ४४४ नम्बरको मोटर साइकललाई बुधबार अपराह्न ठक्कर दिँदा दुर्घटना भएको हो ।
ज्यान गुमाउनेमा भक्तपुर नगरपालिका-६ बस्ने ३६ वर्षिय श्यामकृष्ण कायस्थ रहेका छन् । अपराह्न करिब पौने ४ बजे दुर्घटनामा परी गम्भीर घाइते भएका कायस्थलाई भक्तपुर ईन्टरनेशनल अस्पतालले ४:०९ बजे नै मृत घोषणा गरिदिएको डिएसपी ढुन्डिराज नेउपानेले जानकारी दिए ।
ट्रक चालक सिन्धुपाल्चोकको बाह्रबिसे-६ घर भई हाल भक्तपुरको मध्यपुरथिमि-३ साँगबारी बस्ने ४७ वर्षिय चन्द्रलाल शाक्यलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइ रहेको प्रहरीको भनाइ छ ।