अण्डाको मूल्य घट्यो

चितवन । अण्डाको मूल्य क्रमशः घटेको छ। नेपाल लेयर्स कुखुरापालक सङ्घले भोलिदेखि लागू हुने गरी अण्डामा प्रतिक्रेट ९० रुपैयाँ घटाएको जनाएको छ।

सङ्घका अनुसार फार्ममा ठूलो अण्डाको मूल्य प्रतिक्रेट ५६५ बाट घटेर ४७५ रुपैयाँ र मिडियम अण्डाको मूल्य ५५० बाट ४६० रुपैयाँमा झरेको छ। यससँगै उपभोक्ता मूल्य प्रतिगोटा २५ बाट २० रुपैयाँ कायम गरिएको छ।

जाडो बढेसँगै विद्यालय बन्द, गतिविधि र पर्यटक आगमन घट्नु, खपत कम र उत्पादन बढी हुनु अण्डाको मूल्य घट्नुका मुख्य कारण रहेको सङ्घले जनाएको छ।