चितवन ।चितवनमा यात्रुवाहक बस र ईभी माइक्रो बस शनिबार बिहान एक आपसमा ठोक्किँदा ७ जनाको ज्यान गएको छ ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत चितवनको राप्ती नगरपालिका–३ मा भएको सो दुर्घटनामा ३१ जना घाइते भएको चितवनका प्रमुख जिल्ल अधिकारी प्रकाश पौडेलले जानकारी दिएका छन् ।
मृतकहरुको सनाखत भइनसकेको उनको भनाई छ । शव भरतपुर अस्पतालको शव गृहमा राखिएको छ ।
चितवनका प्रहरी प्रमुख गोविन्द पुरीका अनुसार धनगढीबाट काँकडभिट्टातर्फ गइरहेको यात्रुवाहक बस र मकवानपुरबाट नारायणगढ आइरहेको विद्युतीय सवारी साधन ठक्किएको हो ।
घाइतेको चितवन मेडिकल कलेज, पुरानो मेडकल कलेज र भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।