दाना उद्योगमा दुर्घटना, तीन कामदारको गयो ज्यान

चितवन । चितवनको रत्ननगर–१२ स्थित किसान दाना उद्योगमा रहेको दाना नं. ४ को वाल (भित्ता) भत्किँदा तीन जनाको ज्यान गएको छ भने दुई जना घाइते भएका छन्।

बिहान करिब १० बजेको समयम्मा वाल भत्किएपछि गम्भीर घाइते भएका तीन कामदारको नयाँ मेडिकल कलेजमा उपचारको क्रममा ज्यान गएको हो ।

ज्यान गुमाउनेमा चितवनकै खैरहनी नगरपालिका–२ का ४५ वर्षीय शुकराम दराई, रत्ननगर–१२ का ४५ वर्षीय कमल गुरुङ र गोरखा स्थायी घर भई हाल रत्ननगर–१२ बस्ने ५४ वर्षीय रेशम दमाई रहेका छन्।

दुर्घटनामा परी पर्सा स्थायी घर भएका रत्ननगर–१२ बस्ने ३९ वर्षीय जितेन्द्र महतो र ४० वर्षीय अंकज प्रसाद थारू घाइते भएका छन् ।उनीहरूको अवस्था खतरामुक्त रहेको बताइएको छ ।

घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।