अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीको प्रेस सल्लाहकारमा पत्रकार रामबहादुर रावल नियुक्त भएका छन् ।
उनी नेपालखबरको सम्पादक समेत हुन् । बाजुरामा जन्मथलो भएका रावल नेपालखबरअघि रवि लामिछानेको ग्यालेक्सी फोरके टेलिभिजनका सम्पादक थिए।
त्यसअघि उनले कान्तिपुर टेलिभिजन, नेपाल साप्ताहिक, नेपाल एफएमलगायत विभिन्न सञ्चारमाध्यममा डेढ दशकभन्दा बढी सक्रिय पत्रकारिता गरेका छन्।
त्रिभुवन विश्वविद्यालयबाट नेपाली विषयमा स्नातकोत्तर गरेका रावलले कानुनमा समेत स्नातक गरेका छन् ।







