काभ्रे । महाभारत–७ निवासी जयमान घलानकी श्रीमती देव कुमारीलाई बनखु स्वास्थ्य चौकीले सुत्केरी गराउन असमर्थ भएपछि राष्ट्रपति महिला उद्धार कार्यक्रम अन्तर्गत नेपाली सेनाको हेलिकप्टरमार्फत निःशुल्क उद्धार गरि काठमाडौ रिफर गरिएको छ।
उनलाई गाउँपालिकाको पहलमा राष्ट्रपति महिला उद्धार कार्यक्रममार्फत उद्धार गरिएको हो। गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले नेपाली सेनाको हेलिकप्टरबाट देवकुमारीलाई काठमाडौं रिफर गरिएको जानकारी दिए ।
उद्धार कार्यमा सहकार्य गर्ने जिल्ला प्रशासन कार्यालय, महिला, बालबालि तथा जेष्ठ नागरिक मन्त्रालय, नेपाली सेना लगायत सम्पूर्ण सहयोगी निकायप्रति गाउँपालिकाले आभार प्रकट गरेको छ ।






