चितवन । चितवन इन्जिनियरिङ क्याम्पसमा स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित स्ववियु सभापति प्रज्वल अधिकारी अखिल (क्रान्तिकारी) मा प्रवेश गरेका छन् । आफू अखिल क्रान्तिकारी भएको उनले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका हुन्।
बिहीबार पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र भरतपुर महानगरकी मेयर समेत रहेकी माओवादी नेतृ रेणु दाहालले अधिकारीलाई पार्टीमा स्वागत गरेका थिए ।
उनी अनेरास्ववियुका विशाललाई पछि पार्दै स्ववियु सभापति भएका हुन् । उनी संगै स्ववियुको सचिव र कोषाध्यक्षमा पनि अखिल क्रान्तिकारीले नै जीत हासिल गरेको छ । सचिवमा सुजन थापा क्षेत्री र कोषाध्यक्षमा राजेश्वर दाहाल निर्वाचित भएका छन् ।