जेठो अस्पताल वीरले गुण्डुमा मनायो स्थापना दिवस, १ हजार ४ सय ६४ स्थानीय लाभान्वित

भक्तपुर । सबैभन्दा जेठो काठमाडौस्थित वीर अस्पतालले आफ्नो १३६ औँ स्थापना दिवसको अवसर पारेर सूर्यविनायक नगरपालिका- ७ गुण्डूमा नि:शुल्क बृहत स्वास्थ्य शिविर सम्पन्न गरेको छ।

वडा कार्यालयको समन्वयमा सम्पन्न शिविरमा स्थानीय तथा आसपासका १ हजार ४ सय ६४ जनाले स्वास्थ्य सेवा लिएका छन्।

२६ प्रकारका रोगको परीक्षण तथा उपचारको क्रममा एक व्यक्तिले एकभन्दा बढी सेवा लिँदा कुल ४ हजार ५ सय ३१ सेवाहरु प्रदान गरिएको थियो।

शिविरमा वीर अस्पतालका निर्देशक डा. दिलिप शर्मासहित ५० जना विशेषज्ञ चिकित्सक र १ सय २५ जना स्वास्थ्यकर्मी सहभागी थिए।

 

स्वास्थ्य शिविरको निरीक्षणमा पूर्व मन्त्री महेश बस्नेत, सूर्यविनायक नगरपालिकाका नगरप्रमुख बासुदेव थापा, नेकपा एमाले भक्तपुरका जिल्ला अध्यक्ष वचन देउजा, नेपाली कांग्रेस भक्तपुरका जिल्ला सचिव सुशील बस्नेत, नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख वसन्त चापागाईं, नेसनल प्याब्सन भक्तपुरका अध्यक्ष संजय खड्का लगायतको उपस्थिति रहेको थियो।

साथै सामुदायिक सेवा केन्द्र कटुन्जे, सामुदायिक प्रहरी, स्काउट ट्रुप, ट्राफिक प्रहरी, रेडक्रस लगायत संस्थाहरुले समेत शिविरमा सहकार्य गरेका थिए ।

कार्यक्रमको समापनमा वडा कार्यालयले वीर अस्पताललाई स्वास्थ्य शिविर मार्फत सेवा दिएकोमा कदरपत्र प्रदान गरेको छ। त्यस्तै, शिविर स्थान उपलब्ध गराएको हिमाल एकेडेमीलाई पनि धन्यवाद पत्र प्रदान गरिएको छ ।