पछिल्लो समय गुण्डु नेकपा (एमाले)को हेडक्वार्टर नै बनेको छ । जेन-जी बिद्रोहपछि अध्यक्ष केपी शर्मा ओलीलाई शरण दिएर एकाएक राजनीतिको इपिसेन्टर बनेको गुण्डुमा फागुन २१ को निर्वाचनले चहलपहल बढाएको छ । एमालेको पार्टी सचिवसमेत रहेका उम्मेदरवार महेश बस्नेतको गाउँ भएर पनि गुण्डुमा अन्य दलको चुनावी चहलपहल बढेको हुनसक्ने स्थानीय बताउँछन् ।
यसैबीच, आइतबार नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार रामप्रसाद सापकोटा दीपशिखाले गुण्डुमा घरदैलो गर्दै मत मागेका छन् । घर दैलो कार्यक्रमपछि उम्मेदवार दीपशिखा दङ्ग देखिए । पूर्व प्रतिनिधि सभा सदस्य समेत रहेका उम्मेदवार महेश बस्नेतको गाउँमा आफूले अपेक्षा गरेभन्दा राम्रो समर्थन पाएको उनले प्रतिक्रिया दिएका छन् ।
” हामी उत्साहित छौं, मतदाताले माया गर्नुभएको छ ।” उनले भने, ”व्यक्तिगत नामैले पनि चिनेको उहाँहरुले बताउदा हामीप्रति जानकार हुनोहुदोरहेछ भन्ने लाग्यो, यो जीतको लक्षण हो ।” नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार दीपशिखाले आफूले कुनै नियुक्ति नलिएको र लाभको पदमा नबसेको तथा नैतिक चरित्र र राजनीतिक इमान्दारी कायम राखेको कारण जनमत आफूतर्फ ढल्किएको दावी गरे । ” हामी एउटै कम्युनिष्ट पार्टी बनाउन हिदिरहेछौँ, कम्युनिष्ट मत त् हामीले पाउछौं नै – देशलाई कुशासनमा डुबाउने र देश जलाउने दुवै खराब प्रबृत्ति बिरुद्ध पनि मतदाताले हामीले नै मत हाल्नुहुन्छ ।” उनले भने ।
घरदैलो कार्यक्रममा स्थानीयवासीको उल्लेख्य सहभागिता रहेको थियो । सडकसम्मै आएर स्थानीयले नेकपाका उम्मेदवारलाई स्वागत गरेका थिए । घरदैलो कार्यक्रममा स्वतस्फुर्त रुपमा सूर्यविनायक -७ का स्थानीय सडकमा आएपछि उम्मेदवार दीपशिखाले आफूले सुशासन, भ्रष्टाचार नियन्त्रण र स्थानीयको समस्या समाधानमा कुनै कसर बाकी नराख्ने बाचा गरेका थिए । ” परिवर्तनको माग गरी भएको जेनजी विद्रोहकै कारण हामीले राजनीतिको धेरै पसल बन्द गरी एउटै नयाँ नेपाली कम्युनिष्ट पार्टी बनायौं ।” उनले स्थानीयलाई आस्वस्त पार्दै भने, ” म पनि उमेर र जागरको हिसाबले नयाँ नै छु ।”
र्यालीमा सहभागीहरुले ‘भक्तपुरका जनताले के भन्छन्, दीपशिखालाई ले भन्छन र ‘राष्ट्रघातीलाई चोट, तारामा भोट’, लगायतका नाराहरु लगाएका थिए । स्थानीयको भोट दिने प्रतिवद्धताले हौसिएका समर्थकहरु गीतहरु गाउँदै र सडकमै नाचगान गर्दै रमाइलोसंग मत मागिरहेका देखिन्थे ।







