घरमै सर्पको विष सजिलै निकाल्न सक्ने औषधीको बिकास

न्यूजकारखाना, काठमाडौं । विश्वमा हरेक वर्ष विषालु सर्पको टोकाइबाट ५ लाख मानिसको मृत्यु हुने गरेको छ । यीमध्ये अधिकांशको मृत्यु समयमै उपचार नपाउँदा हुने गरेको छ तर केन्यामा भएको एउटा खोजले अब यसको उपचार थप सहज भएको छ । अब मानिसहरुले घरमै सर्पको विषलाई सजिलै निकाल्न सक्ने अनुसन्धानकर्ताहरुले बताएका छन् । ई–बायोमेडिसिनमा प्रकाशित एक रिपोर्टमा […]

सांसद थापा दिल्ली प्रस्थान

भक्तपुर । हड्डी सम्बन्धी समस्या लेफ्ट एभिएन पेल्भिससंग जुधिरहेका भक्तपुर क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य दुर्लभ थापा उपचारका लागि भारतको नयाँ दिल्ली प्रस्थान गरेका छन् । नयाँ वर्षकै दिन सोमबार उनी फ्लाइटमार्फत दिल्ली प्रस्थान गरेका हुन् । नयाँ दिल्लीस्थित फर्टिस अस्पतालमा डा. सुनिल टुली नेतृत्वको टोलीले डेढ वर्ष अघि दाहिने पट्टिको हिप रिप्लेस्मेन्ट […]

स्वास्थ्य शिक्षा अनुसन्धान र नवप्रर्वतनको अभिवृद्धिका लागि शनिवार अन्तराष्ट्रिय सम्मेलन

नेपाल स्वास्थ्य शिक्षा संघ (हिन)

बुद्धशरण शाही,ललितपुर। स्वास्थ्य शिक्षा अनुसन्धान र नवप्रर्वतनको अभिवृद्धिका लागि अन्तराष्ट्रिय सम्मेलन हुने भएको छ । ललितपुरको धोविघाटस्थित सिद्धार्थ कटेजमा शनिवार बिहान ९ बजेबाट शनिवार सुरु हुने सम्मेलन दुई दिनसम्म चल्नेछ । शुक्रवार आयोजित पत्रकार भेलामा आयोजक नेपाल स्वास्थ्य शिक्षा संघ (हिन)का अध्यक्ष प्राडा भिमसेन देवकाटोले सो सम्मेलनमा बिभिन्न देशका विज्ञहरु सहभागी हुने बताए । सम्मेलनमा […]

भक्तपुरमा कालो धुवाँ फाल्ने सवारीसाधनलाई कारबाही

भक्तपुर । काठमाडौँ उपत्यकामा वायु प्रदूषणको मात्रा दिनप्रतिदिन बढ्दै गएको छ। विशेष गरी भक्तपुर क्षेत्रमा धुलो र धुवाँको असरले गर्भवती महिला, असक्त, बिरामी, बालबालिका र जेष्ठ नागरिक जोखिममा छन् । वायु प्रदुषणले विद्यालय जाने बालबालिका, कामकाजी मानिस र पैदल यात्रुहरूको स्वास्थ्यमा प्रत्यक्ष असर देखिन थालेको छ । प्रदूषण फैलाउने माध्यमको कडा निगरानी र नियन्त्रण नगर्ने […]

काठमाडौँको बढ्दो वायु प्रदूषण, यस्ता छन् जोखिम र बच्ने उपाय

डा मनोजकुमार यादव, काठमाडौँ । अहिले काठमाडौँको वायु प्रदूषण बढिरहेको छ । यसको मापन गर्ने इकाइलाई ‘पीएम’ भनिन्छ । पीएम भनेको ‘पार्टिकुलेट म्याटर’ हो । मानव स्वास्थ्यमा यसको मात्रा इक्वायल टू २.५ भन्दा कम भयो भने हानिकारक मानिन्छ । यो फोक्सोमा बस्ने भएकाले यसले अरु रोगहरु पनि बढाउँछ । खासगरी, दीर्घरोगी, महिला र बालबालिकालाई बढी […]

हरेक दिन अमूल्य छ, दिनको शुरूवात यसरी गरौं

हरेक दिन अमूल्य छन् । बितेपछि ती दिनहरु फर्केर आउनेवाला छैनन् । त्यसैले, प्रत्येक दिनलाई  सफल बनाउन मानिसमा सकारात्मक ऊर्जा चाहिन्छ । तपाईं हरेक दिनलाई लयमा  ल्याउन दृढ बन्नुभयो भने तपाईंको दिन सकारात्मक बन्ने र सफलतापूर्वक बित्ने सम्भावना प्रवल रहन्छ । दिनको शुरूवात यसरी गरौं : १. बिहानै मुस्कानसहित उठ्नुहोस्: मनमा सकारात्मक सोच ल्याएर उठ्दा […]

टोखा चण्डेश्वरी अस्पतालमा सिटिजी सेवा शुरु, हाडजोर्नीको अपरेसन पनि हुने

बागमती प्रदेश सरकार मातहत संचालित काठमाडौको टोखास्थित टोखा चण्डेश्वरी अस्पतालले सिटिजी सेवा सञ्चालनमा ल्याएको छ । अस्पतालका अध्यक्ष प्रकाश खड्गीले सो सेवाको उद्घाटन गरेका छन् । CTG (Cardiotocography) सेवा सञ्चालन भएसंगै गर्भवती महिलाको स्वास्थ्य सेवामा सुविधा थपिएको छ । पेटभित्र रहेको बच्चाको मुटुको धड्कनको चाल जाँच तथा बच्चा चले नचलेको अध्ययन गरी बच्चाको खतराको स्थिति […]

आज ‘अटिजम’ जागरुकता दिवस, के हो अटिजम ?

काठमाडौ । आज ‘अटिजम’ जागरुकता दिवस । विश्वभर अटिजम रोगप्रति सचेतना फैलाउने विविधि कार्यक्रमका साथ मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् २००७ देखि यो दिवस मनाउन थालिएको हो । अटिजम भएका व्यक्तिको मानवअधिकार, मौलिक स्वतन्त्रताको उपभोग सुनिश्चित गर्न समाजका सबै वर्गले सघाउनुपर्ने मान्यताका साथ दिवस मनाउन थालिएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ । दिगो विकासका […]

देशकै सानो जिल्ला भक्तपुरमै ६ सय बढी औषधी पसल

भक्तपुर, १७ चैत । देशकै सानो जिल्ला भक्तपुरमा नै ६ सय भन्दा वढी औषधी पसलहरु रहेका छन् । औषधी व्यवसायी संघ भक्तपुर जिल्ला शाखाको शनिबार भक्तपुरमा भएको चौथौं साधारणसभामा उक्त जानकारी गराइएको हो ।  कार्यक्रममा बताइए अनुसार औषधी व्यवस्था विभागमा दर्ता भएर भक्तपुरमा सञ्चालनमा रहेका औषधी पसलहरुको संख्या ६ सय भन्दा वढी छन् । तीमध्ये […]

युएसएड बन्द हुदाँ १ करोड ४० लाख बालबालिका भोकमरीमा पर्ने युनिसेफको दावी

न्यूजकारखाना ,काठमाडौं। अमेरिकाजस्ता प्रमुख अन्तर्राष्ट्रिय दाताहरूले आफ्नो सहायता बजेट कटौती गरेकाले यस वर्ष विश्वभरका कम्तीमा १ करोड ४० लाख बालबालिका भोकमरी र कुपोषण वा मृत्युको जोखिममा पर्ने भएका छन् । यो चेतावनी संयुक्त राष्ट्र बाल एजेन्सी युनिसेफले दिएको हो। युनिसेफले भोकमरीको लहरलाई सम्बोधन गर्न सरकार र परोपकारी संस्थाहरूलाई यसको बाल पोषण कोषमा योगदान गर्न आग्रहसमेत […]