सांसद थापा दिल्ली प्रस्थान

भक्तपुर । हड्डी सम्बन्धी समस्या लेफ्ट एभिएन पेल्भिससंग जुधिरहेका भक्तपुर क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य दुर्लभ थापा उपचारका लागि भारतको नयाँ दिल्ली प्रस्थान गरेका छन् । नयाँ वर्षकै दिन सोमबार उनी फ्लाइटमार्फत दिल्ली प्रस्थान गरेका हुन् ।

नयाँ दिल्लीस्थित फर्टिस अस्पतालमा डा. सुनिल टुली नेतृत्वको टोलीले डेढ वर्ष अघि दाहिने पट्टिको हिप रिप्लेस्मेन्ट शल्यक्रिया गरेपछि स्वास्थ्यमा सुधार भैरहेको र चिकित्सकको सल्लाह बमोजिम फलो अपका लागि उनी दिल्ली जानुपरेको उनका स्वकीय सचिव सुभासिष ढकालले जानकारी दिए ।

नयाँ दिल्लीमा प्रतिनिधि सभा सदस्य थापाले नितान्त स्वास्थ्य उपचार सम्बन्धी कार्य गर्ने र कुनै राजनीतिक भेटघाट नहुने स्वकीय सचिव ढकालले जनाएका छन् ।

नेपाली कांग्रेस भक्तपुरका सभापति समेत रहेका थापा प्रतिनिधि सभा सदस्य निर्वाचित भए संगै  हड्डी सम्बधित रोग left AVN Pelvis को समस्याले ग्रसित छन् ।

भक्तपुरको मध्यपुर अस्पताल र काठमाडौको वीर अस्पतालको ट्रमा सेण्टरमा उपचार गराउँदा पनि स्वास्थ्यमा उल्लेख्य सुधार हुन नसक्दा उनी दिल्लीमा उपचारका लागि जानुपर्ने बाध्यता भएको उनका भाइ प्रकाश थापाको भनाइ छ ।

AVN (Avascular Necrosis) भन्नाले शरीरको कुनै भागमा, प्रायः हड्डीमा, रगत नपुगेको कारणले त्यो भाग मर्नु (necrosis) हो।

जब यो समस्या pelvis (कुहुनी भाग) वा hip joint (कुलाको जोर्नी) मा बायाँपट्टि (left side) हुन्छ, त्यसलाई “left AVN pelvis” भनिन्छ।