गुण्डुमा ७ अर्बको रिसोर्ट बनाउदै शेष घले र अमृतरत्न शाक्य, शिलान्यास सम्पन्न

भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं ७, गुण्डुस्थित ध्याम्पेडाडाँमा ७ अर्ब रुपैयाँको लगानीमा रिसोर्ट निर्माण हुने भएको छ ।

७ अर्ब रुपैयाँ लगानी रहने सो रिसोर्ट नयाँ वर्षको अवसर पारी सोमबार शिलान्यास भएको हो । रिसोर्टको नाम ‘स्वनिग रिसोर्ट’ राखिएको छ ।

यो परियोजनामा एनआरएनका पूर्व अध्यक्ष शेष घले र ब्यवसायी अमृत रत्न शाक्यको संयुक्त लगानी रहने बताइएको छ ।

शिलान्यास समारोहमा वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरी, सो क्षेत्रका प्रदेश सभा सदस्य समेत रहेका बागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री किरण थापा र गुण्डुनिवासी पूर्व मन्त्री एवं नेकपा एमालेका पोलिट्ब्युरो सदस्य महेश बस्नेत लगायतको सहभागिता रहेको थियो ।

पूर्व मन्त्री बस्नेतले गुण्डुमा ठुलो लगानी भित्रिने क्रम जारी रहेको भन्दै सन्तोष ब्यक्त गरे । स्वनिग रिसोर्टले गुण्डुलाई देशबिदेशमा चिनाउनुका साथै पर्यटन प्रवर्द्धनसंगै रोजगारी सृजना गर्ने समेत उनले बिश्वास ब्यक्त गरेका छन् ।