काठमाडौं । नेकपा एमाले पुर्व राजा ज्ञानेन्द्र शाह र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रति आक्रामक देखिएको छ।
भर्खरै सम्पन्न सचिवालयको बैठक माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र पूर्व राजा ज्ञानेन्द्रकै वरिपरि घुमेको थियो । उनीहरूको अभिव्यक्तिले दिने राजनीतिक संकेतप्रति बैठकले गहिरो बिश्लेषण समेत गरेको बताइएको छ ।
पूर्व राजा शाहले ‘नेपाली जनतामा जागरण आएको’ भन्ने सन्देश र प्रचण्डले ‘नयाँ बर्षमा सरकार परिवर्तन हुने’ भन्ने अभिब्यक्ति प्रति बैैैकठले आपत्ति जनाएको एक सहभागी नेताले बताए ।
‘उहाँ (शाह)ले नेपाली जनतामा जागरण आएको छ भनेर भन्नु भयो, के सरकारी कार्यालय माथि भएको आक्रामणलाइ जागरण भन्न मिल्छ ? कुनै पनि अर्थमा अब लोकतान्त्रिक गणतन्त्रको बिकल्प स्विकार्य हुन सक्दैन, यो गति अघि बढी सक्यो,’ एमाले नेता प्रदिप ज्ञवालीले भने ।
उता, माओवादी अध्यक्ष प्रचण्डले नयाँ बर्षमा सरकार परिवर्तन हुने भन्दै दिएको अभिब्यक्ति प्रति पनि एमाले सचिवालयले आपत्ति जनाएको छ।
‘केही दिन अघि प्रचण्डले सरकार फेरिने कुरा गर्नुभयो, यो उहाँको सरकार बाहिर रहदाँको पीडा हो, उहाँमा सत्ता प्राप्तिको आशक्ति देखाउँछ तर यो सरकार कुनै हालतमा परिवर्तन हुने छैन, सरकार परिवर्तन गरेर अस्थिरता निम्ताउने प्रयास सफल हुने छैन्’ उनले भने ।
समसामयिक विषयमा छलफल गर्न भनेर नेकपा (एमाले) केन्द्रीय कार्यालय च्यासल, ललितपुरमा सम्पन्न सचिवालयको बैठकको अधिकांंस समय प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले सरकार बिरुद्धका गतिविधि रोक्न एमाले नेताकार्यकर्ता उदासिन बनेको बताएका थिए ।