गुण्डुमा एमालेको रक्तदान

blood donation

काठमाडौ । नेकपा एमाले जिल्ला कमिटी भक्तपुरले वृहत खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

सूर्यविनायक नगरपालिका,वडा नं.७ स्थित गुण्डुमा शनिबार सम्पन्न रक्तदान कार्यक्रममा ५३ जनाले रक्तदान गरेका जिल्ला अध्यक्ष वचन देउजाले बताएका छन् ।

अहिले केहि दिन यता उपत्यकामा देखिएको रगतको चरम अभावप्रति विशेष संवेदनशील बन्दै रक्तदान कार्यक्रम आयोजना गरिएको अध्यक्ष देउजाले जानकारी दिए ।

नेकपा एमाले केन्द्रिय सदस्यद्धय निर्मल भट्टराई र तुलसा दहालको विशेष उपस्थितिमा भएको खुला रक्तदान कार्यक्रममा भक्तपुर एमालेका उपाध्यक्ष रहेका वागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री  किरण थापाले समेत रक्तदान गरेका थिए ।

नेकपा एमाले केन्द्रिय सदस्य निर्मल भट्टराईले रक्तदान नै जीवनदान भएकोले रगत अभावबाट कसैले पनि अकालमा ज्यान गुमाउन नपरोस भन्ने ध्येयका साथ एमाले भक्तपुरले आयोजना गरेको रक्तदान कार्यक्रम प्रशंशनीय भएको बताए ।

सामाजिक अयिभन्ता एवं रेडक्रसकर्मी नवराज काफ्लेले रक्ततत्वको मागलाई सहज बनाउन रक्तदानको अभियानलाई घरघरमा जोड्न अपरिहार्य रहेको बताँउदै ठुलो संगठित शक्तिको रुपमा रहेको राजनीतिक दलहरूले रक्तदान गर्दा रगतको अभाव अन्त्य गर्न सहज बन्दै जाने बिश्वास व्यक्त गरे ।