मंसिर ६ पछि प्रधानमन्त्रीले आफैं राजिनामा दिने महेश बस्नेतको दावी

काठमाडौ । पूर्वमन्त्री एवं नेकपा एमालेको पोलिटब्यूरो सदस्य महेश बस्नेतले मंसिर ६ मा हुने एमालेको विशाल प्रदर्शनपछि प्रधानमन्त्री सुशीला कार्कीले राजीनामा दिने दाबी गरेका छन्।

प्रेस चौतारी नेपालले आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै बस्नेतले संसद पुनर्स्थापनाको माग गर्दै मंसिर ६ को एमाले सभा सरकारले सहन नसक्ने गरी प्रभावशाली हुने दाबी गरेका हुन् ।

सिमरा विमानस्थल २०–३० जनाको हल्लाले बन्द हुनु सरकारको असक्षमता भन्दै उनले आलोचना गरेका थिए । सरकारले नै जेनजीको नाममा लोकतान्त्रिक व्यवस्थामाथि नियोजित आक्रमण गरेको उनले आरोप लगाए।

सिमरामा युवा संघको कार्यक्रमका लागि जाने कार्यक्रम रद्द गर्नुपरेपछि उनी पत्रकार सम्मेलन गर्न पुगेका हुन् । 

उनले २४ भदौमा सिंहदरबार,ल संसद र आसपास भएको तोडफोड तथा आगजनीका प्रमाण गृहमन्त्री ओमप्रकाश अर्यालले नष्ट गर्न खोजेका बताएका छन् । उनले सञ्चार मन्त्री माथि पनि प्रमाण नस्ट गर्न दक्षिण कोरिया पुगेको आरोप लगाए ।

सरकारको प्रमाण नस्ट गरेपनि एएमाले संग प्रमाण सुरक्षित रहने रेक न एक दिन दोषीलाई कार्वाही गरेरै छोड्ने उनले दावी गरे ।

उनका अनुसार जेनजीका नाममा देश अस्थिर पार्ने गतिविधि बढेको छ र अन्तर्राष्ट्रिय शक्तिहरू नेपालमा हस्तक्षेप गर्न सक्रिय भएका छन्। 

अन्तरिम सरकारका अर्का मन्त्री कुलमान घिसिङमाथि  ४३ करोड भ्रष्टाचार आरोप लगाउँदै उनले डडेलधुराको बजेट धुलिखेलमा सार्दा आर्थिक अनियमितताको उदेश्य रहेको जिकिर गरे । घिसिङले नयाँ दल खोल्ने प्रयास सत्ता स्वार्थप्रेरित भएको उनको दाबी गरे।

उनले दलहरुको बिरोध गरेर यतिबेला दल खोल्दै हिड्नु सत्ता स्वार्थ भएको र त्यो अहिले उदाङ्ग भएको उल्लेख गरे ।

नेता बस्नेतले पार्टीभित्र एकता आवश्यक भएको र अध्यक्षका रूपमा केपी शर्मा ओलीलाई निरन्तरता दिनुको बिकल्प नदेखिएको समेत बताए ।