काठमाडौ । नेकपा एमालेको ११ औं महाधिवेशनमा महेश बस्नेतले सचिव पदमा सर्वाधिक लोकप्रिय मतसहित प्रथम स्थान हासिल गर्दै बिजय प्राप्त गरेका छन् ।
१ हजार ५ सय ४४ मत सहित सचिव पदमा सबैभन्दा बढी मतका साथ बस्नेत बिजयी भएका हुन् ।
उनी जेनजी आन्दोलनपछि एक्लिएको एमालेलाई उठाउन अग्रणी भूमिका खेल्दै आएका भक्तपुरको गुण्डुनिवासी नेता हुन् । यस अघि पोलिट्ब्युरो सदस्य रहेका बस्नेत पूर्वमन्त्री तथा भक्तपुर-२ बाट निर्वाचित पूर्व प्रतिनिधि सभा सदस्य पनि हुन् ।
उनीसंगै भानुभक्त ढकाल, पद्मा अर्याल, खगराज अधिकारी, यमलाल कडेल, छविलाल बिश्वकर्मा, राजन भट्टराई, शेरधन राइ र हिक्मत कार्की बिजयी भए । उनीहरू सबैजना अध्यक्ष केपी ओली प्यानलका उम्मेद्वार रहेका थिए ।
ईश्वर पोखरेल प्यानलबाट भने पदाधिकारीमा दुईजना मात्र निर्बाचित भएका छन् । उपाध्यक्ष गोकर्ण बिस्ट र उपमहासचिवमा योगेश भट्टराई बाहेक सबै पदाधिकारी ओली प्यानल बाट बिजयी भएका बताइएको छ ।
हेर्नुस् एमाले ११ औं महाधिवेशनको अन्तिम नतिजा :
अध्यक्ष (१)
• केपी शर्मा ओली : १६६३ (विजयी)
• ईश्वर पोखरेल : ५६४
उपाध्यक्ष (५)
• पृथ्वी सुब्बा गुरुङ : १७३७ (विजयी)
• विष्णु प्रसाद पौडेल : १६७५ (विजयी)
• रामबहादुर थापा ‘बादल’ : १५१६ (विजयी)
• गोकर्ण राज विष्ट : १३६८ (विजयी)
• रघुजी पन्त : १२५८(विजयी)
अन्य उम्मेदवार:
• बिन्दा पाण्डे : ९२१
• परशुराम मेघी गुरुङ : ४६१
• अरुण नेपाल : ४३९
• टंक प्रसाद कार्की : ३५८
• भीमप्रसाद आचार्य : २६५
महासचिव (१)
• शंकर पोखरेल : १२२८ (विजयी)
• सुरेन्द्र प्रसाद पाण्डे : ९९९
उपमहासचिव (३)
• लेखराज भट्ट : १४५२ (विजयी)
• रघुवीर महासेठ : १३६८ (विजयी)
• योगेश भट्टराई : १३४८ (विजयी)
अन्य उम्मेदवार:
• विष्णु प्रसाद रिमाल : १०९१
• आनन्द प्रसाद पोखरेल : ६३५
• वैजनाथ चौधरी : ५१७
• राजेन्द्र प्रसाद गौतम : २७०
सचिव (९)
• महेश बस्नेत : १५४४ (विजयी)
• पद्मा कुमारी अर्याल : १५३० (विजयी)
• छविलाल विश्वकर्मा : १५०६ (विजयी)
• शेरधन राई : १५०३ (विजयी)
• खगराज अधिकारी : १२३१ (विजयी)
• हिक्मत कुमार कार्की : १३३७ (विजयी)
• यमलाल कँडेल : ११८५ (विजयी)
• राजन भट्टराई : ११८१ (विजयी)
• भानुभक्त ढकाल : ११०८ (विजयी)
अन्य उम्मेदवार:
• गोकुल प्रसाद बास्कोटा : १०३०
• ठाकुर प्रसाद गैरे : ८८३
• रचना खड्का : ८७७
• कर्णबहादुर थापा : ८४७
• अग्नि प्रसाद खरेल : ७१६
• विनोद प्रसाद ढकाल : ६८४
• कृष्ण गोपाल श्रेष्ठ : ६२५
• पेम्बा लामा : ४९३
• लाल बाबु पण्डित : ४९६
• इन्द्रलाल साप्कोटा : ४०५
• पुरुषोत्तम पौडेल : ४६२







