काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनमा पूर्वमाओवादी पृष्ठभूमिका रामबहादुर थापा र लेखराज भट्ट विजयी भएका छन् ।
भृकुटीमण्डपमा बिहीबार सम्पन्न मतगणनामा उपाध्यक्षका उम्मेदवार थापा १५१६ मत ल्याएर विजयी भएका थिए । उपमहासचिवका उम्मेदवार भट्ट पनि १४५२ मत ल्याएर विजयी भएका छन् । तीन जना उपमहासचिवमध्ये भट्टले पाएको मत सर्वाधिक हो ।
थापा र भट्टले २०७७ सालमा तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी विभाजित हुँदा अध्यक्ष केपी ओलीलाई साथ दिएका थिए ।
थापा र भट्ट पूर्वमाओवादीका वरिष्ठ नेता हुन् । २०७८ साल मंसिरमा चितवनको सौराहामा भएको १०औँ महाधिवेशनमा थापा उपाध्यक्षमै विजयी भएका थिए । भट्ट सचिवमा विजयी भएका थिए । सचिवमा विजयी भएका अर्का नेता टोपबहादुर रायमाझी नक्कली भुटानी शरणार्थी प्रकरणमा जेलमा छन् ।







