काठमाडौँ । प्रतिनिधिसभाको बैठक आगामी ६ दिनका लागि स्थगित भएको छ । सभामुख डोलप्रसाद अर्यालले बिहीबारको बैठकपछि सदनको आगामी बैठक भदौ २४ गतेसम्मका लागि स्थगित गरेका हुन् ।
बिहीबार सिंहदरबारस्थित भवनमा बसेको बैठकमा सांसदहरूले रसुवा, नुवाकोट र धादिङमा बाढीले पुर्याएको क्षति, उद्धारमा भएको ढिलासुस्ती, सुरुङमा फसेका श्रमिकहरूको अवस्था र ग्रिन आर्मीको वैधानिकता लगायतका समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए ।
सभामुख अर्यालले प्रतिनिधि सभाको अर्को बैठक आगामी भदौ २४ गते दिउँसो १ बजे बस्ने जानकारी गराए ।






