भक्तपुर । सबैभन्दा जेठो काठमाडौस्थित वीर अस्पतालले आफ्नो १३६ औँ स्थापना दिवसको अवसर पारेर सूर्यविनायक नगरपालिका- ७ गुण्डूमा नि:शुल्क बृहत स्वास्थ्य शिविर सम्पन्न गरेको छ। वडा कार्यालयको समन्वयमा सम्पन्न शिविरमा स्थानीय तथा आसपासका १ हजार ४ सय ६४ जनाले स्वास्थ्य सेवा लिएका छन्। २६ प्रकारका रोगको परीक्षण तथा उपचारको क्रममा एक व्यक्तिले एकभन्दा बढी सेवा […]
स्वास्थ्य
दैनिक ८ घण्टा नसुते निम्तिन सक्छ अनेक समस्या
काठमाडौं । रातको निद्रा हाम्रो स्वास्थ्यको लागि धेरै महत्त्वपूर्ण छ। यस समयमा, मस्तिष्कले पनि आराम गर्छ, आफैलाई मर्मत गर्दछ र दिनको मेमोरी भण्डारण गर्दछ। तर, अहिलेको जीवनशैलीमा मानिसहरु विशेषगरी युवाहरु राती अबेरसम्म जाग्ने गर्छन् । निन्द्राको कमीले हाम्रो मस्तिष्क अर्थात स्लीप एण्ड ब्रेन हेल्थलाई सिधै हानि पुर्याउँछ । हामीले पर्याप्त निद्रा नपर्दा यसले हाम्रो मस्तिष्कमा […]
भक्तपुरको कटुञ्जेमा शनिबार स्थानीय सहभागितामा बृहत वृक्षारोपण हुने
भक्तपुर । सूर्यविनायक नगरपालिका वडा नं. ५ कटुञ्जेको आयोजनामा भञ्ज्याङ् चोककदेखि तिनधारा हुँदै छत्रपाल भैरव मन्दिरसम्म वृक्षारोपण कार्यक्रम आयोजना हुने भएको छ। वडा अध्यक्ष राजकुमार जोशीले शनिबार (साउन ३ गते) बिहान सबा ७ बजेबाट बृहत् वृक्षारोपण कार्यक्रम शुरु हुने भन्दै सम्पूर्ण वडाबासीलाई सक्रिय सहभागिता जनाउन अनुरोध गरेका छन् । “शनिबार बिहान भञ्ज्याङ् चोकमा भेला भइ […]
स्वास्थ्य मन्त्री थापामगर र सचिव डा गौतमसहितको टोलीले गर्यो ख्वप अस्पताल अनुगमन
भक्तपुर । बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापामगर र सचिव डा सुमित्रा गौतमसहितको टोलीले भक्तपुर नगरपालिकाले सञ्चालन गरिरहेको १ सय शैय्याको ख्वप: अस्पताल अनुगमन गरेका छन्। अस्पतालको अवस्थाबारे स्थलगत निरीक्षण गर्दै उनीहरूले सेवाग्राहीहरूसँग प्रत्यक्ष कुराकानी गरे । सो अवसरमा मन्त्री थापामगरले भक्तपुर नगरपालिकालाई शिक्षा र स्वास्थ्यमा सर्वसुलभ सेवा प्रवाह गर्ने देशकै नमुना नगरपालिका भन्दै प्रशंसा […]
पछिल्लो २४ घण्टामा ७ जनामा कोरोना सङ्क्रमण पुष्टि
काठमाडौँ । पछिल्लाे केही समयदेखि कोरोना सङ्क्रमण सङ्क्रमण दर बढ्दै गएको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) अनुसार पछिल्लो २४ घण्टामा ७ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो एक हप्तामा मात्रै ४० नयाँ सङ्क्रमित थपिएका छन् । यस्तै, गएको पुसदेखि हालसम्म ३ सय ३३ जनामा कोरोना सङ्क्रमण […]
भक्तपुर पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा
भक्तपुर । भक्तपुर जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाको जिल्ला घोषणा गरिएको छ। जिल्लाभित्रका चारवटै स्थानीय तहमा रहेका लक्षित उमेर समूहका सबै बालबालिकालाई आवश्यक सम्पूर्ण खोप लगाइएको पुष्टि भएपछि शनिबार एक विशेष कार्यक्रमकाबीच भक्तपुरलाई पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको हो। कार्यक्रममा बागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री किरण थापाले भक्तपुरलाई खोप सुनिश्चितता तथा दिगोपनाको प्रमाणपत्र […]
७ अस्पताललाई बागमतीको स्वास्थ्य मन्त्रालयले उपलब्ध गरायो एनेस्थेसिया वर्क स्टेसन
हेटौंडा । बागमती प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले ७ वटा आफ्ना प्रादेशिक अस्पताललाई एनेस्थेसिया वर्क स्टेसन उपलब्ध गराएको छ । भक्तपुर अस्पताललाई दुई थान र अन्य बज्रबाराही अस्पताल, टोखा चण्डेश्वरी अस्पताल, रत्ननगर बकुलहर अस्पताल, चौतारा अस्पताल, पशुपति चैलागाई अस्पताल दोलखा र धादिङ अस्पताललाई एक-एक वटा एनेस्थेसिया वर्क स्टेसन उपलब्ध गराइएको स्वास्थ्य सचिव डा सुमित्रा गौतमले जानकारी […]
आयुर्वेद उपचार हरेक नागरिकसम्म पुर्याउने सरकारको लक्ष्य
काठमाडौं। आरोग्य नेपाल निर्माण गर्ने लक्ष्यसहित सरकार नागरिक आरोग्य सेवालाई स्थानीय तहसम्म पुर्याउन प्रतिवद्ध रहेको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका महानिर्देशक डा. श्यामबाबु यादवले बताएका छन्। आर्थिक वर्ष २०८१/८२ को वार्षिक समिक्षा बैठकलाई शनिबार सम्बोधन गर्दै उनले विगतमा तीन लाख रुपैयाँमा सीमित बजेटलाई अहिले पाँच लाख रुपैयाँ पुर्याएर सबै स्थानीय तहमा आयुर्वेद सेवा विस्तार गरिने […]
काठमाडौमा ४ हजार ६ सय बढीको नि:शुल्क नसर्ने रोग स्क्रिनिङ्ग
काठमाडौं । बागमती प्रदेश सरकारको स्वास्थ्य मन्त्रालय अन्तर्गत सञ्चालित ‘मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम’ मा काठमाडौं जिल्ला स्वास्थ्य कार्यालयले सञ्चालन गरेको नसर्ने रोग स्क्रिनिङ्ग अभियानमा ४ हजार ६ सय ७४ जनाले सेवा लिएका छन्। शुक्रवार सार्वजनिक गरिएको स्वास्थ्य कार्यालय काठमाडौंको तथ्यांक अनुसार, जिल्लाभरिका ११ स्थानीय तहमार्फत सेवा प्रवाह गरिएको थियो। जसमध्ये ४१ प्रतिशत महिला र […]
भक्तपुरका सबै पालिका पूर्ण खोप सुनिश्चित, जिल्ला घोषणा असारभित्रै
भक्तपुर । भक्तपुरका चारैवटा नगरपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको छ। बिहीबार भक्तपुर नगरपालिकालाई पूर्ण खोप सुनिश्चित नगर घोषणा गरेसंगै जिल्लाका सबै नगरपालिका पूर्ण खोप सुनिश्चित भएका जनस्वास्थ्य कार्यालय भक्तपुरकी प्रमुख अन्जना खड्काले जनाएकी छन् । भक्तपुरमा सूर्यविनायक नगरपालिकालाई सबैभन्दा पहिला गत जेठमा पूर्ण खोप सुनिश्चित पालिका घोषणा थियो भने त्यसयता क्रमशः चाँगुनारायण र […]











