भक्तपुरमा स्वास्थ्य विशेष स्मारिका ‘हाम्रो प्रयास’ सार्वजनिक

भक्तपुर । नेपाल क्षयरोग निवारण संस्था जिल्ला शाखा भक्तपुरले स्वास्थ्य विशेष स्मारिका ‘हाम्रो प्रयास’ सोमबार सार्वजनिक गरेको छ। सो अवसरमा आयोजित सभालाई सम्बोधन गर्दै जनस्वास्थ्य विज्ञ तथा साहित्यकार योगेन्द्र प्रधानले अस्पतालका नाममा अनावश्यक खर्च बढाइएको भन्दै जनस्वास्थ्यमा लगानी प्राथमिकता दिनुपर्ने सुझाव दिएका छन्। प्रधानका अनुसार अहिलेका अस्पतालहरू उपचार केन्द्र होइन, रोगीका केन्द्रमा परिणत भएका छन्। […]

राष्ट्रको लागि २ घण्टा अभियान : भक्तपुरका विद्यालयमा वातावरणीय कार्यक्रम

भक्तपुर । राष्ट्रको लागि २ घण्टा अभियानले भक्तपुर जिल्लाभित्रका विद्यालयहरूमा “वातावरणीय सचेतना र सरसफाइ अभिवृद्धि कार्यक्रम” लागू गर्ने तयारी थालेको छ। अभियानले विद्यालयस्तरमै वातावरणमैत्री अभ्यासलाई प्रवर्द्धन गर्दै विद्यार्थीहरूलाई व्यावहारिक रूपमा सचेत र जागरुक गराउने लक्ष्य लिएको छ। अभियानका अध्यक्ष मधु ढुंगेलका अनुसार पहिलो चरणमा जिल्लाका सबै नगरपालिकाबाट केही विद्यालय चयन गरि कार्यक्रम सञ्चालन गरिनेछ। छनोट […]

भक्तपुर क्यान्सर अस्पतालमा पेलियटिभ सेवा बिस्तारको लागि कोष स्थापना

Bhaktapur cancer hospital

भक्तपुर । भक्तपुर क्यान्सर अस्पतालले विश्व होस्पिस तथा पेलियटिभ केयर दिवस–२०२५ को अवसर पारेर पेलियटिभ हेरचाह कोष बनाउने घोषणा गरेको छ । “प्रतिज्ञा पूरा गरौं — सबैलाई पेलियटिभ हेरचाहको पहुँच सुनिश्चित गरौं” भन्ने उद्गारसहित एक विशेष कार्यक्रमका बीच अस्पतालका कार्यकारी निर्देशक डा उज्ज्वल चालिसेले सो घोषणा गरेका छन् । भक्तपुर क्यान्सर अस्पताल पेलियटिभ हेरचाह कोषमा […]

अझै अस्पतालको शैयामा ३० आन्दोलनकारी

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो विवरणले ‘जेन–जी आन्दोलन’ले देशभर गम्भीर मानवीय असर पारेको स्पष्ट गरेको छ। हालसम्म अस्पताल पुगेका ४९ जनाको ज्यान गइसकेको छ भने ३० जना अझै विभिन्न अस्पतालमा उपचाररत रहेका छन्। मन्त्रालयका अनुसार, काठमाडौंका सिभिल अस्पतालमा एक, राष्ट्रिय ट्रमा सेन्टरमा १०, काठमाडौं मेडिकल कलेजमा तीन, त्रिवि शिक्षण अस्पतालमा पाँच, पाटन […]

वातावरण संरक्षण मञ्चद्वारा स्वच्छ वातावरणको विमोचन

भक्तपुर । दशै, तिहार, नेपाल सम्वत् र छठ पर्वको अवसरमा वातावरण संरक्षण मञ्चले विशेष कार्यक्रम सम्पन्न गरेको छ । सो अवसरमा “स्वच्छ वातावरण” नामक वार्षिक पत्रिका समेत विमोचन गरियो । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख ईश्वर बहादुर थापाले वातावरणीय समस्या समाधानका लागि संविधानअनुकूल विभिन्न संघसंस्थासँग सहकार्य गर्दै अघि बढ्नुपर्ने सुझाव दिए। डा. सम्पूर्ण कक्षपतिले जनसंख्या […]

अङ्ग प्रत्यारोपण केन्द्रमा १२ वर्ष बढी नेतृत्व गरेका डा श्रेष्ठको बिदाइ

भक्तपुर । शून्यबाट सुरु भएको एउटा सानो प्रयास, एउटा टेबल र एउटा कुर्सीबाट सुरु भएको सेवा आज देशकै सबैभन्दा प्रतिष्ठित प्रत्यारोपण केन्द्रको रूपमा स्थापित भएको छ । यो असम्भवलाई सम्भव बनाउने व्यक्तित्व हुन् वरिष्ठ मिर्गौला रोग विशेषज्ञ तथा अंग प्रत्यारोपण सर्जन डा. पुकारचन्द्र श्रेष्ठ । १३ वर्षअघि भक्तपुर अस्पताल परिसरमा मानव अंग प्रत्यारोपण केन्द्रको सेवा […]

मिर्गौला रोग पीडितलाई रवि राणाको सहयोग, १ लाख २५ हजार हस्तान्तरण

भक्तपुर । नेपाली कांग्रेस भक्तपुरका युवा नेता, सूर्यविनायक नगर कार्यसमिति सदस्य तथा समाजसेवी रवि राणाले मिर्गौला रोग पीडित जपिन्द्र अवाल (मेथी)लाई रु १ लाख २५ हजारको चेक हस्तान्तरण गरेका छन्। आईतवार पार्टी कार्यालय सल्लाघारीमा आयोजित कार्यक्रममा प्रमुख अतिथि भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य एवं नेपाली कांग्रेसका जिल्ला सभापति दुर्लभ थापाले राणाद्वारा प्रदान […]

अङ्ग दानप्रति भ्रम र नीति नियम खुकुलो नहुँदा अङ्गदानमा २० प्रतिसत मात्र उपलब्धि

भक्तपुर । नेपालमा मिर्गौला, कलेजो लगायतका जीवनरक्षक अङ्गले काम नगर्ने अवस्थाका बिरामीको संख्या वर्षेनी बढ्दै गएको छ, तर उपलब्ध दाताको संख्या आवश्यकताको २० प्रतिशतसम्म पनि पुग्न सकेको छैन। विश्व अङ्गदान दिवसका अवसरमा शहीद धर्मभक्त मानव अङ्ग प्रत्यारोपण केन्द्रमा आयोजित विशेष कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले समाजमा अङ्ग दान गर्ने मानिस स्वर्ग नजाने भ्रम […]

यसरी घटाउन सकिन्छ वायु प्रदुषण

नेपालको संघीय राजधानी काठमाडौंलाई बारम्बार खराब हावाको गुणस्तर भएको सहरमा उल्लेख गरिन्छ। सन् २०२४ को एक रिपोर्टका अनुसार काठमाडौंलाई विश्वका सबैभन्दा प्रदुषित सहरहरूमध्ये एक उच्च स्थानमा राखेको छ। विशेष गरी सुख्खा मौसममा (अक्टोबर देखि-मे महिना) काठमाडौंको वायु प्रदूषणको दर उच्च देखिन्छ। सन् २०२४ अप्रिल १० का दिन काठमाडौंको वायु गुणस्तर सूचकांक २६५ मा पुग्यो, जसले […]

सिंहदरवारसम्म कोदोको स्वाद, उहिले अभावको भोजन-अहिले सम्भ्रान्तको रोजाइ

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काले कोदोको महत्व र उत्पादन प्रवर्द्धनमा राज्यको ध्यान केन्द्रित गर्नुपर्ने बताएका छन् । नेपाली खाना प्रवर्द्धन अभियानले राष्ट्रिय कोदो दिवसको अवसरमा आयोजना गरिएको “कोदोको १० परिकारको डेमो प्रदर्शन समारोहमा” मा सहभागी हुँदै मन्त्री खड्काले कोदोजस्ता स्थानीय अन्नबालीको वैज्ञानिक संरक्षण, व्यावसायिक उत्पादन र परिकारमार्फत राष्ट्रिय खाद्य सुरक्षामा योगदान […]