काठमाडौं । राजधानी काठमाडौंको प्रदूषण ह्वात्तै घटेको छ । बुधबार विश्वको चौथो प्रदूषित सहरको सूचीमा परेको काठमाडौं अहिले २१ औ स्थानमा पुगेको छ ।
बुधबार काठमाडौंको वायुको गुणस्तर मापन इन्डेक्स (एक्यूआई) १६७ पुगेकोमा बिहीबार भने घटेको छ । यसदिन पानी पर्दा वायुको गुणस्तर मापन इन्डेक्स (एक्यूआई) ९० मा झरेको छ।
हाल काठमाडौं विश्वमै प्रदूषणको हिसाबले २१औं नम्बरमा रहेको छ । काठमाडौंमा पानी अझै केहीदिन पर्ने भएकाले प्रदूषण अझै घट्ने देखिन्छ । विश्वको प्रदूषित सहरको पहिलो नम्बरमा भने पाकिस्तानको कराचीँ परेको छ ।







