बिपी र मध्यपहाडी लोकमार्गमा राति सवारीसाधन निषेध

सिन्धुली । अविरल वर्षाका कारण बाढीपहिरोको जोखिम बढेपछि बिपी राजमार्ग र मध्यपहाडी लोकमार्गमा आज र भोलि राति सवारी आवागमन निषेध गरिएको छ।

जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कात्तिक १३ र १४ गते साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालन नगर्न आग्रह गरेको हो।

जिल्ला प्रशासन कार्यालयले यात्रुको सुरक्षा सुनिश्चित गर्न र दुर्घटना रोक्न रातको समयमा सवारी रोक्ने निर्णय गरिएको जनाएको छ ।

यात्रुलाई अनावश्यक यात्रा नगरी दिनको समयमा पनि सम्भव भएसम्म मौसम सुधार भएपछि मात्रै यात्रा गर्न सुझाव दिईएको छ।