
सिन्धुली । सिन्धुली जिल्लाको कमलाखोचमा अवस्थित पिछडिएको बस्ती जोड्ने गरी कमला नदीमा सडक पुल निर्माण थालिएपछि स्थानीयलाई प्रत्यक्ष रुपमा सुबिधा हुने भएको छ ।
विगतमा सो स्थानमा सडक पुलको अभावमा विमारीहरुलाई अस्पताल पुर्याउन असुविधा हुनुका साथै कृषिजन्य उत्पादनहरु बजारमा बिक्री वितरणमा लैजानकालागि असुविधा हुदै आएको थियो ।
वागमती प्रदेश सरकार अन्तर्गत पुर्वाधार विकास कार्यालयको २० करोड ५८ लाखको लागतका कमला नदीमा एक सय साठी मिटर लम्र्बाई रहेको ४० मिटर स्पानयुक्त ४ स्पानको सडक पुल निर्माण थालिएपछि सो क्षेत्रको सामाजिक र आर्थिक विकासमा समेत प्रत्यक्ष रुपमा टेवा पुग्ने देखिएको छ ।

पुल निर्माणले कमलामाई नगरपालिका वडा नंम्बर १३ महाडाका साथै तीनपाटन गाउ“पालिका र दुधौली नगरपालिकाका स्थानीय बासिन्दाहरुलाई समेत आवागमनमा सुविधा हुने स्थानीयले बताएका छन् ।
पुल निर्माणको कार्य आगामी २०८४ साल माघ २१ गते सम्मकालागि तोकिएको पुर्वाधार विकास कार्यालय सिन्धुलीका प्रमुख लक्ष्मी प्रसाद सापकोटाले बताए ।
पायलिङ्ग प्रविधिको सो पुलको सम्पुर्ण निर्माण कार्य तोकिएको म्याद भन्दा अगावै छिटो सम्पन्न गर्न लागिएको पुल निर्माणमा संलग्न जीवन दाहाल जेभीका प्रवन्ध निर्देशक जेतबहादुर श्रेष्ठले बताएका छन् ।
कमलामाई नगरपालिका वडा नं १३ का वडाध्यक्ष केशरबहादुर कार्कीका अनुसार सडकपुलको निर्माण कार्य तिब्र रुपमा संचालन गरेको बताउँदै पुल निर्माण सम्पन्न भएपछि वडाका बासिन्दाहरुले प्रत्यक्ष सुविधा पाउने देखिएको छ ।








