सवारी दुर्घटनामा परी क्षयरोग केन्द्रका नायब सुब्बाको निधन

भक्तपुर । काठमाडौमा मंगलबार बिहान टिपरले ठक्कर दिँदा स्कुटर चालकको ज्यान गएको छ । करिब पौने ९ बजे मिनभवन सिविल अस्पताल अगाडी बा. २ क ३२२९ नम्बरको फोहर बोक्ने टिप्परले प्र. ३ -००१ ब. ९४५ को सरकारी नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको ज्यान गएको हो ।

ज्यान गुमाउने ब्यक्ति सुनसरीको इनर्वा-५ स्थायी घर भई हाल भक्तपुरको लोहकिन्थली बस्ने बद्री कोइराला रहेको प्रहरीले जनाएको छ । ४८ वर्षिय कोइराला राष्ट्रिय क्षयरोग निवारण केन्द्र ठिमीका नायब सुब्बा थिए ।

टिपरको ठक्करबाट गम्भीर घाइते उनलाई तुरुन्तै सिविल अस्पताल पुर्याएको भएपनि सम्बन्धित चिकित्सकले निधन भैसकेको घोषणा गरिदिए । शिक्षण अस्पताल महाराजगन्जमा पोस्टमार्टम पछि साँझ ४ बजे पशुपतिस्थित आर्यघाटमा उनको अन्तिम संस्कार गरिने पारिवारिक श्रोतले जनाएको छ ।

टिपर चालक गोरखा स्थायी घर भइ पेप्सिकोला बस्ने बिकास थापामगरलाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।