नागार्जुनमा पाकिस्तान दूतावासको स्वास्थ्य शिविर

काठमाडौं । नेपालस्थित पाकिस्तान दूतावासले पाकिस्तान नेपाल एलुम्नी नेटवर्क (पीएनएएन) को सहकार्यमा काठमाडौंको नागार्जुन नगरपालिका–४ मा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ। शनिबार आयोजित शिविरमा स्थानीय बासिन्दा, ज्येष्ठ नागरिक, महिला तथा बालबालिकालाई लक्षित गरी स्वास्थ्य सेवा प्रदान गरिएको दूतावासले जनाएको छ। शिविरमा १ सय भन्दा बढी बिरामीको स्वास्थ्य परीक्षण गरिएको थियो। शिविरमा पाकिस्तानबाट अध्ययन पूरा […]

काठमाडौंमा हिट एक्सन डे

heat action day

काठमाडौं । अत्यधिक गर्मीका कारण मानव स्वास्थ्य, जीविकोपार्जन तथा सामाजिक जीवनमा बढ्दो असरबारे जनचेतना फैलाउने उद्देश्यले ‘हिट एक्सन डे २०२६’ काठमाडौंमा सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटी (NRCS), अन्तर्राष्ट्रिय रेडक्रस तथा रेड क्रिसेन्ट महासंघ (IFRC) तथा यसका सदस्य संस्थाहरूको संयुक्त आयोजनामा द सोल्टी होटलमा कार्यक्रम आयोजना गरिएको हो । यस वर्षको हिट एक्सन डे […]

नेपाल चिकित्सक संघको अध्यक्षमा डा. बद्री रिजाल विजयी, हेर्नुस् अरु विजेता

काठमाडौं । नेपाल चिकित्सक संघ (एनएमए) को निर्वाचनमा डा. बद्री रिजाल विजयी भएका छन्। अन्तिम मतपरिणाम अनुसार दुई उपाध्यक्ष र तीन केन्द्रीय सदस्य पद बाहेक अधिकांश महत्वपूर्ण पदमा डा. रिजाल समूहका उम्मेदवार निर्वाचित भएका छन्। १९ सदस्यीय कार्यसमितिका लागि सम्पन्न निर्वाचनमा टिम बद्री, टिम मंगल र टिम रिफर्मका गरी ५६ जना उम्मेदवार प्रतिस्पर्धामा थिए। नतिजाले […]

आयुर्वेदकर्मीलाई सिपिआर अभ्यास

भक्तपुर । आयुर्वेद तथा बैकल्पिक चिकित्सालय भक्तपुरका स्वास्थ्यकर्मीलाई सिपिआर अभ्यास गराइएको छ । मुटु र फोक्सोले अचानक काम गर्न छोडे पुर्नजीवन दिने प्राथमिक उपचारका रुपमा सिपिआर विधिको अभ्यास गराइएको हो । बिहीवार यसबारे अभ्यास गराउंदै डा ज्योति शाहले अचानक श्वास रोकिएको र नाडी नचलेको अवस्थामा सिपिआर विधिबाट मानिसको ज्यान जोगाउन सकिने तरीका सिकाइन । डा […]

स्थानीय तहलाई स्वास्थ्य सेवामा थप जवाफदेही बन्न आग्रह, आयुर्वेद सेवामा चासो बढ्दो

ललितपुर । स्थानीय तहले स्वास्थ्य सेवा प्रवाहको जिम्मेवारीलाई अधिकारसँगै प्रभावकारी रूपमा निर्वाह गर्नुपर्नेमा आयुर्वेद क्षेत्रका सरोकारवालाले जोड दिएका छन्। ललितपुरस्थित आयुर्वेद तथा वैकल्पिक चिकित्सालयद्वारा आयोजित जिल्लास्तरीय समीक्षा तथा योजना तर्जुमा गोष्ठीमा वक्ताहरूले आधारभूत स्वास्थ्य सेवा नागरिकसम्म सहज रूपमा पुर्‍याउन स्थानीय तहको भूमिका निर्णायक हुने बताएका हुन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका वरिष्ठ कन्सल्टेन्ट सालोक्य चिकित्सक डा. […]

भक्तपुर अस्पतालले बहुभाषिक स्वास्थ्य सेवा शुरु गर्ने

भक्तपुर । बागमती प्रदेश सरकार मातहत संचालित भक्तपुर अस्पतालले बहुभाषिक स्वास्थ्य सेवा शुरु गर्ने भएको छ । विविध भाषाभाषीका सेवाग्राहीलाई लक्षित गर्दै अस्पतालले यो सेवा शुरु गर्ने भएको हो । बिहीवार सम्पन्न सामाजिक परीक्षणको प्रस्तुतीकरण एवं आमभेलामा अस्पताल संचालन तथा व्यवस्थापन समितिका अध्यक्ष ज्ञानराम श्रेष्ठले पहिलो चरणमा नेवारी र तामाङ्ग भाषालाई व्यवहारमा ल्याइने बताए । […]

भक्तपुरमा भेटियो बर्डफ्लु

संजीप घिमिरे, भक्तपुर । भक्तपुरमा बर्ड फ्लु भेटिएको छ । वडा नं. ८ को महेश्वरी पीठ क्षेत्रमा मृत भेटिएका कागहरूमा बर्ड फ्लुको H9 प्रकारको जीवाणु फेला परेको हो । केही दिनदेखि कागहरु मरिरहेका स्थानीयले जानकारी गराएपछि परीक्षणका लागि टेकुस्थित प्रयोगशाला पठाइएको थियो । शुक्रबार प्राप्त रिपोर्टमा बर्डफ्लुको H9 भेरियन्ट भेटिएको भक्तपुर नगरपालिकाको सूचना अधिकारी दामोदर […]

सुर्ती उद्योग हस्तक्षेपविरुद्ध महिला नेतृहरू एकजुट

काठमाडौं । अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा सुर्तीजन्य पदार्थ नियन्त्रणमा उद्योगीको हस्तक्षेप र त्यसले महिलामा पार्ने प्रभावबारे सामाजिक तथा नागरिक क्षेत्रका महिला नेतृहरू एकजुट भएका छन् । स्वास्थ्य अधिकार तथा सुर्ती नियन्त्रण सञ्जाल नेपालले अन्तराष्ट्रिय महिला दिवसको सन्दर्भमा आइतवार आयोजना गरेको सुर्ती नियन्त्रणमा उद्योगीको हस्तक्षेप र महिलाको भूमिका विषयक अन्तरसंवाद तथा प्यानल डिस्कसन कार्यक्रममा सामाजिक क्षेत्रका […]

अस्पताललाई ‘हाई एलर्ट’ रहन स्वास्थ्य मन्त्रालयको निर्देशन

Dr Sumitra Gautam

काठमाडौं । प्रतिनिधि सभा निर्वाचन २०८२ का सन्दर्भमा हुन सक्ने सम्भावित तथा अनपेक्षित घटनाहरूको प्रभावकारी व्यवस्थापनका लागि बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले उच्च तयारी अपनाएको छ । मन्त्रालयले प्रदेशका १३ वटै प्रादेशिक अस्पताल तथा सम्बन्धित निकायलाई उच्च तयारी अवस्थामा रहन समेत निर्देशन दिएको छ। सबै प्रादेशिक अस्पतालहरू २४ घण्टा तयारी अवस्थामा रहने, निर्वाचन केन्द्रीत मेडिकल टास्क […]

पिसिएल नर्सिङ दोस्रो वर्षको परीक्षामा ख्वपका सबै पास, आयुषाले ल्याइन् ९० प्रतिसत

भक्तपुर । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्ले २०८२ मंसिर महिनामा संचालन गरेको प्रमाणपत्र तह नर्सिङ दोश्रो वर्षको परीक्षाको परीक्षाफल प्रकाशित भएको छ । नतिजा अनुसार भक्तपुर नगरपालिकाद्वारा संचालित ख्वप बहु–प्राविधिक अध्ययन संस्थानका ४० जना विद्यार्थी सम्मिलित भएकोमा सबै विद्यार्थीहरु उत्कृष्ट अंकका साथ उत्तीर्ण भएका छन् । नतिजामा आयुषा तुकंबन्जारले ९०.३ प्रतिशतसहित उच्चतम अंक ल्याउन सफल […]