निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशकमा प्राडा परियार

काठमाडौँ, ४ साउन । निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशकमा प्राडा जितेन्द्र परियार नियुक्त भएको छन् ।

डा. परियार विरुद्ध केहीदिन अधिदेखि संचार माध्यममा नकारात्मक समाचार आएका थिए। उनी विरुद्धका नकारात्मक समाचार आएपनि डा. परियारलाई कार्यकारी निर्देशक पदमा नियुक्त गरिएको छ ।

खुला प्रतिस्पर्धाबाट छनोट प्रक्रियामा सहभागी उम्मेदवारहरूमध्ये योग्यताक्रमको पहिलो नम्बरमा सिफारिस भएका परियारलाई अस्पताल विकास समितिले कार्यकारी निर्देशक नियुक्त गर्ने निर्णय गरेको हो।