स्वास्थ्य बीमामा दैनिक १० करोड माग, मापदण्ड बिपरित भुक्तानी नदिने बोर्डको चेतावनी

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्थालाई मापदण्डअनुसार आवश्यक कागजातसहित मात्र भुक्तानी दाबी प्रविष्ट गर्न आग्रह गरेको छ। जथाभावी र त्रुटिपूर्ण दाबी बढेपछि बोर्डले स्वास्थ्य संस्थामै पुनरावलोकन समिति गठन गरी दाबी जाँच गर्न निर्देशन दिएको हो। बोर्डका सूचना अधिकारी विकेश मल्लले दाबी विवरणमा धेरै त्रुटि देखिने भएकाले दाबी प्रविष्ट गर्नुअघि संस्थाभित्रै पुनरावलोकन अनिवार्य […]

पायल्सको अप्रेसन गर्दा गयो किसोरीको ज्यान, स्थानीय आक्रोशित

सर्लाही । लालबन्दी नगरपालिका–२ पुनर्वासकी एक किसोरीको अबैध आयुर्वेद औषधालयमा उपचार गर्दा ज्यान गएको छ ।  पुनर्वासकी १८ वर्षीया हङ्शु पासवानको लालबन्दी-१ नवलपुरस्थित मोहन आयुर्वेद औषधालयमा पायल्सको अप्रेसनका क्रममा अवस्था गम्भीर बने लगत्तै हरिवनस्थित नमूना अस्पताल पुर्‍याउँदा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।  ज्यान गुमाउने हङ्सु स्थानीय बिपिन्द्र पासवानकी छोरी हुन् । उनी लालबन्दीस्थित जनज्योति […]

नर्सिङ परिषद सदस्यमा पत्रकार निर्जला कक्षपती नियुक्त

Nirjala kakshapati

काठमाडौं । नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाल नर्सिङ परिषद् (Nepal Nursing Council) को सदस्य पदमा शिक्षा पत्रकार निर्जला कक्षपतीलाई नियुक्त गरेको छ । अन्तरिम सरकारकी स्वास्थ्य तथा जनसंख्या मन्त्री डा सुधा शर्मा गौतमस्तरीय निर्णयबाट शुक्रबार कक्षपतीलाई परिषद्को सदस्यमा नियुक्त गरिएको हो । उनलाई नेपाल नर्सिङ परिषद् ऐन २०५२ को दफा ५ उपदफा १ […]

ख्वप अस्पतालमा सिटी स्क्यान सेवा शुरु

Narayanman bijukchje

भक्तपुर । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पतालले बिहीबारबाट सिटी स्क्यान सेवा शुरु गरेको छ ।    सार्वजनिक खरिद प्रक्रिया पूरा गरी जडान भएको सिमेन्स कम्पनीको सिटी स्क्यान मेसिन बिहीबार नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवं वरिष्ठ वामपन्थी नेता नारायणमान बिजुक्छें ‘रोहित’ ले उद्घाटन गरेका छन् ।   अध्यक्ष बिजुक्छेंले काठमाडौबाट सिटी स्क्यान सेवा भक्तपुर आउन […]

प्राडा मानन्धरको अध्यक्षतामा पेसोनमा नयाँ नेतृत्व

काठमाडौं । गर्भवती महिला तथा नवजात शिशु समाज (PESON) ले प्रा.डा.सुनिलराज मानन्धरको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको छ । उनी प्रा.डा.आस्मा राणा नेतृत्वको अघिल्लो कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष रहेका थिए । प्रमुख निर्बाचन अधिकृत प्रा.डा.मोदनाथ मरहट्टाका अनुसार प्राडा मानन्धर नेतृत्वको कार्यसमितिमा प्रा.डा.सुशिला श्रेष्ठ वरिष्ठ उपाध्यक्ष र प्रा.डा.कल्पना उपाध्याय सुबेदी उपाध्यक्ष निर्वाचित भएका छन् । […]

अतिरिक्त स्वास्थ्य सचिव बन्न दर्जन बढी डाक्टरको दौडधुप

काठमाडौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा रिक्त रहेको अतिरिक्त स्वास्थ्य सचिव एक पदका लागि दर्जन बढी कर्मचारीले आवेदन दिएका छन्। मन्त्रालयको बढुवा समिति सचिवालयले गत २८ मंसिरमा १५ दिनको समयसीमा तोकेर योग्यता पुगेका इच्छुक कर्मचारीलाई आवेदन आह्वान गरेको थियो। अतिरिक्त स्वास्थ्य सचिव रहेका टंकप्रसाद बाराकोटीले कार्यकालको दुई वर्ष बाँकी रहँदै गत कात्तिक १९ मा पदबाट […]

चिकित्सक संघको निर्वाचन रोक्न अन्तरिम आदेश

ललितपुर । उच्च अदालत पाटनले नेपाल चिकित्सक संघको निर्वाचन तत्कालका लागि रोक्न अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीशद्वय ऋषिराम निरौला र दीपक खनालको संयुक्त इजलासले निर्वाचन प्रक्रिया नियमअनुसार पूरा नभएको ठहर गर्दै हाललाई निर्वाचन नगर्न तथा नगराउन आदेश दिएको हो। सोमबार निषेधाज्ञा सम्बन्धी रिटमाथि सुनुवाइ गर्दै अदालतले उक्त अन्तरिम आदेश सुनाएको हो। डा. अजय कुमार […]

प्रादेशिक अस्पतालले नै पाएन चिकित्सक

महोत्तरी । प्रादेशिक अस्पताल जलेश्वरले कन्सलटेन्ट गाइनोकोलोजिष्ट तथा एमडीजीपी चिकित्सक माग गरेपनि पाउन सकेको छैन । सूचना गर्दा पनि चिकित्सक सम्पर्कमा नआएपछि पुन सूचना प्रकाशित गरिएको छ ।  अस्पतालले एक सूचना प्रकाशित गर्दै उक्त पदमा पुन: दरखास्त माग गरेको हो ।   दरखास्त नपरेकोले पुनः सूचना  जारी गरेको निमित्त अस्पताल प्रमुखले जनाएका छन् । करारमा […]

राष्ट्रिय ट्रमा सेन्टरको प्रमुख मेडिकल सुपरिटेन्डेन्टमा डा मरासिनी

काठमाडौँ । राष्ट्रिय ट्रमा सेन्टरको प्रमुख मेडिकल सुपरिटेन्डेन्ट (मेसु) पदमा डा. रुद्र मरासिनी नियुक्त भएका छन्। स्वास्थ्य मन्त्री डा. सुधा शर्मा गौतमले मन्त्रीस्तरीय निर्णय गर्दै वरिष्ठताको आधारमा डा. मरासिनीलाई ट्रमा सेन्टरको प्रमुख मेडिकल सुपरिटेन्डेन्टमा नियुक्त गरेकी हुन्। एघारौँ तहमा कार्यरत डा. मरासिनी ट्रमा सेन्टरका सबैभन्दा वरिष्ठ चिकित्सक हुन्। डा. मरासिनी यसअघि पनि ट्रमा सेन्टरको प्रमुख […]