सिन्धुली अस्पताल कागजरहीत, सचिव डा गौतमलाई भब्य सम्मान

Dr. Sumitra Gautam

सिन्धुली । बागमती प्रदेश सरकार मातहत सञ्चालित सिन्धुली अस्पताल कागजरहित हुने भएको छ । बिरामीको पूर्जा देखि सबै रिपोर्ट अब अनलाइन हुने भएको हो । बिहीवार प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पेपरलेस प्रविधिको उद्घाटन गर्दै सिन्धुली अस्पतालमा कागजरहीत सेवा शुभारम्भ भएको घोषणा गरेका हुन् । कार्यक्रममा स्वास्थ्य मन्त्री किरण थापाले प्रदेश मातहतका १३ वटै अस्पताललाई […]

भक्तपुरका ३५ हजार बढी बालबालिकाको नि:शुल्क मुटु जाँच गरिने

bhaktapur municipality building

भक्तपुर नगरपालिकाले नगरभित्र सञ्चालित संस्थागत तथा सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकाका लागि चार दिनसम्म निःशुल्क मुटु परीक्षण शिविर सञ्चालन गर्ने भएको छ। यहीँ पुस ८, ९, १० र ११ गते शिशु कक्षादेखि कक्षा १० सम्म अध्ययनरत विद्यार्थीलाई लक्षित गरी शिविर सञ्चालन गरिनेछ। मित्र राष्ट्र चीनको युनानस्थित फुवाई युनान कार्डियो भास्कुलर अस्पतालमा कार्यरत विज्ञ चिकित्सकहरूको सहभागितामा शिविर […]

वीर अस्पतालमा सर्भर नचल्दा सयाैंलाई सास्ती

काठमाडाैं । वीर अस्पतालस्थित नविल बैंकको सर्भर डाउन हुँदा बिरामीलाई सास्ती भएको छ । बैंककाे सर्भर नचल्दा सयाैं बिरामी प्रभावित भएका छन् । अपरेशन गर्नुपर्ने बिरामीले समेत बिल तिर्न नपाउँदा अपरेशन नै प्रभावित भएकाे छ । बिल तिर्न नपाएपछि अपरेसन गर्नुपर्ने, आजै चेकजाँच गर्नुपर्नेहरू सबैभन्दा बढी मारमा परेका छन् । बैंकले मर्मतको काम भैरहेको जानकारी […]

भक्तपुरमा १० मिनेटको योगसाधना पाठ्यक्रमका लागि श्रव्य–दृष्य सामाग्री

भक्तपुर । भक्तपुरका विद्यालयमा अब श्रव्य–दृष्यसहितको योगसाधना पाठ्यक्रम लागू हुने भएको छ। शिक्षा विकास तथा समन्वय इकाई भक्तपुरले जिल्ला प्रशासन कार्यालय, योग जिल्ला समन्वय समिति भक्तपुर र स्थानीय पालिकाहरूको समन्वय गरी सञ्चालनमा ल्याएको १० मिनेट योगसाधना पाठ्यक्रमलाई प्रभावकारी पार्न श्रव्य–दृष्य सामाग्री तयार गरिएको हो। विद्यालयका योग सहजकर्ता शिक्षकको मागअनुसार आकर्षक रूपमा रेकर्डिङ गरी श्रव्य–दृष्य सामाग्री […]

भरतपुर आँखा अस्पताललाई पाकिस्तानी सहयोग

चितवन । नेपालका लागि पाकिस्तानी राजदूत अब्रार एच. हाश्मीले चितवनस्थित भरतपुर आँखा अस्पताललाई पाकिस्तानी जनताको तर्फबाट आर्थिक सहयोग हस्तान्तरण गरेका छन् । भरतपुर आँखा अस्पताल (BEH) लाई कागजरहित डिजिटल प्रणालीमा रूपान्तरण गर्न ‘इलेक्ट्रोनिक हेल्थ रेकर्ड (EHR)’ कार्यान्वयनका लागि सहयोगस्वरूप पाकिस्तानका जनताबाट प्रदान गरिएको चेक उनले हस्तान्तरण गरेका हुन् । यस पहलले अस्पतालको प्रशासनिक तथा क्लिनिकल […]

आयुर्वेद तथा वैकल्पिक चिकित्सालय नुवाकोटमा मानसिक रोगको उपचार सेवा बिस्तार

नुवाकोट । बागमती प्रदेश सरकारअन्तर्गत संचालित तल्लो पिपलटारस्थित आयुर्वेद तथा वैकल्पिक चिकित्सालय नुवाकोटले महिनामा दुई दिन मानसिक रोगको नि:शुल्क उपचार गर्ने भएको छ । मानसिक स्वास्थ्य सेवामा सहज पहुँच पुर्‍याउने उद्देश्यसहित मानसिक रोग विशेषज्ञद्वरा उपचार सेवा प्रदान गरिने चिकित्सालयका प्रमुख डा नरेन्द्रप्रसाद गिरीले जानकारी दिएका छन् । “प्रत्येक महिनाको पहिलो र तेस्रो शुक्रबार बिहान १० […]

उपभोक्ता हितका लागि ललितपुर-३ मा बिषादी परिक्षण केन्द्र सञ्चालन

ललितपुर । ललितपुर महानगरपालिकाको वडा नं.३ कार्यालयले बिषादी परिक्षण केन्द्र सञ्चालनमा ल्याएको छ। आफ्नो वडा कार्यालयभित्र बिक्री हुने तरकारी तथा फलफूलमा प्रयोग भएको बिषादीको परिक्षण र नियन्त्रण गर्नका लागि वडा कार्यालयले झम्सिखेलस्थित ठाडोढुंगामा रहेको ‘हाम्रो घर’ मा बिषादी परिक्षण केन्द्रको सुरुवात गरेको हो । परिक्षण केन्द्रको उद्घाटन गर्दै ललितपुर महानगरप्रमुख चिरीबाबु महर्जनले बिषादीयुक्त तरकारी तथा […]

पानी पनि नक्कली

काठमाडौं । बजारमा नक्कली खानेपानी खुलेआम बिक्री हुन थालेपछि सार्वजनिक स्वास्थ्य नै जोखिममा परेको छ। बजारमा विभिन्न कम्पनीको ट्रेडमार्क अनाधिकृत प्रयोग गरेर जारको पानी बेचिरहेको आरोपमा दुई जना पक्राउ परेका छन्। प्रहरी परिसर, काठमाडौंले सर्लाहीका आशिष कार्की र चितवनका किरण श्रेष्ठलाई कम गुणस्तरको पानीमा अन्य कम्पनीको ट्रेडमार्क टाँसी बिक्री गरेको आरोपमा नियन्त्रणमा लिएको जनाएको छ। […]

तिलगंगाको आँखा सेवा ख्वप: अस्पतालमै, सेवाग्राही खुशी

भक्तपुर । भक्तपुर नगरपालिकाले सञ्चालन गरिरहेको च्यामासिंहस्थित ख्वप: अस्पतालमा आँखाका बिरामीहरुलाई गुणस्तरीय सेवा प्रवाह भइरहेको छ । नेपाल आँखा कार्यक्रम र भक्तपुर नगरपालिकाको सहकार्यमा ख्वप: तिलगंगा आँखा अस्पतालमार्फत भक्तपुरमै तिलगंगाको सेवा प्रवाह भइरहेको हो । अस्पतालका प्रशासन तथा अपरेशन इन्चार्ज डाक्टर धिरज अधिकारीका अनुसार यो तिलगंगा आँखा अस्पतालकै संस्थागत शाखा हो । “भक्तपुर नगरपालिकासँग समन्वय […]

पदयात्राको क्रममा डा कार्कीको निधन

संखुवासभा । मकालु हिमाल आरोहण गर्न हिडेका दोलखाको मेलुङ–७ का ४३ वर्षीय छाला रोग विशेषज्ञ डा. अरुण कार्कीको लेक लागेर मृत्यु भएको छ। बेस क्याम्प नजिकै स्वास्थ्यमा अचानक समस्या देखिएपछि उनी ढलेका थिए। घटनापछि प्रहरीले बुधबार शव उद्धार गरेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ। कार्कीको शव पोष्टमार्टमका लागि भक्तपुरस्थित केएमसी अस्पताल पठाइएको छ। डा […]