अतिरिक्त स्वास्थ्य सचिव बन्न दर्जन बढी डाक्टरको दौडधुप

काठमाडौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा रिक्त रहेको अतिरिक्त स्वास्थ्य सचिव एक पदका लागि दर्जन बढी कर्मचारीले आवेदन दिएका छन्।

मन्त्रालयको बढुवा समिति सचिवालयले गत २८ मंसिरमा १५ दिनको समयसीमा तोकेर योग्यता पुगेका इच्छुक कर्मचारीलाई आवेदन आह्वान गरेको थियो।

अतिरिक्त स्वास्थ्य सचिव रहेका टंकप्रसाद बाराकोटीले कार्यकालको दुई वर्ष बाँकी रहँदै गत कात्तिक १९ मा पदबाट राजीनामा दिएपछि उक्त पद रिक्त भएको थियो। अहिले सोही पदमा बढुवाको प्रक्रिया अघि बढाइएको हो।

आवेदन दिने कर्मचारीमा डा सुधा देवकोटा, डा कृष्णप्रसाद पौडेल, डा चुमनलाल दास,डा विनोदविन्दु शर्मा, दुर्गालक्ष्मी श्रेष्ठ, नारायणप्रसाद ढकाल, डा वासुदेव जनार्दनप्रसाद उपाध्याय,  डा किरणमणि पौडेल, डा राजन पाण्डे, डा चन्द्रभाल झा, डा रुना झा, डा यदुचन्द्र घिमिरे, डा प्रमोद यादव रहेका छन् ।