काठमाडाैं । वीर अस्पतालस्थित नविल बैंकको सर्भर डाउन हुँदा बिरामीलाई सास्ती भएको छ ।
बैंककाे सर्भर नचल्दा सयाैं बिरामी प्रभावित भएका छन् । अपरेशन गर्नुपर्ने बिरामीले समेत बिल तिर्न नपाउँदा अपरेशन नै प्रभावित भएकाे छ । बिल तिर्न नपाएपछि अपरेसन गर्नुपर्ने, आजै चेकजाँच गर्नुपर्नेहरू सबैभन्दा बढी मारमा परेका छन् ।
बैंकले मर्मतको काम भैरहेको जानकारी दिएकाे छ । लामाे लाइनमा बसेका बिरामी तथा आफन्तहरू सास्ती बेहोर्न बाध्य छन् ।



