प्राडा मानन्धरको अध्यक्षतामा पेसोनमा नयाँ नेतृत्व

काठमाडौं । गर्भवती महिला तथा नवजात शिशु समाज (PESON) ले प्रा.डा.सुनिलराज मानन्धरको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको छ । उनी प्रा.डा.आस्मा राणा नेतृत्वको अघिल्लो कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष रहेका थिए ।

प्रमुख निर्बाचन अधिकृत प्रा.डा.मोदनाथ मरहट्टाका अनुसार प्राडा मानन्धर नेतृत्वको कार्यसमितिमा प्रा.डा.सुशिला श्रेष्ठ वरिष्ठ उपाध्यक्ष र प्रा.डा.कल्पना उपाध्याय सुबेदी उपाध्यक्ष निर्वाचित भएका छन् ।

महासचिवमा डा.शैलेन्द्रबीर कर्माचार्य र सचिवमा डा.संगीता शाक्य निर्वाचित भएभने सह कोषाध्यक्ष डा.ज्योतीराज श्रेष्ठ र कोषाध्यक्ष डा.दिपकराज भण्डारी निर्वाचित भएका उनले जानकारी दिए ।

त्यसैगरी कार्यसमिति सदस्यहरुमा डा.श्रेयशी अर्याल, डा.सबिना श्रेष्ठ,डा.मनोज पोखरेल, डा.कृष्णप्रसाद बिष्ट र डा.अजन्ता सिंह रहेका छन् । साधारण सभाले बैज्ञानिक समिति सचिव सह प्रा.डा. तुम्ला श्रेष्ठ र सो समिति सहसचिवमा डा.बिणा बस्नेतलाई चयन गरेको बताइएको छ ।

गर्भवती महिला एवं नवजात शिशु तथा बाल स्वास्थ्य सम्बन्धि समस्याहरु समाधान गरी मातृ तथा शिशु मृत्युदर घटाउने उद्देश्य लिई स्थापना भएको यो संस्थामा बरिष्ठ बालरोग विशेषज्ञ,बरिष्ठ स्त्रीरोग बिशेषज्ञ लगायत चिकित्सक एवं नर्सहरु आवद्ध रहेका छन् ।