सप्तरी । छिन्नमस्ता गाउँपालिका–५ स्थित मुसहर बस्तीमा झाडापखालाको प्रकोप फैलिँदा एकै परिवारका तीन जनाको ज्यान गएको छ।
ज्यान गुनाउनेमा एक वर्षीय सञ्जीव सदा, चार वर्षीय रागिनी सदा र बाजे ७० वर्षीय लक्ष्मण सदा छन्। उनीहरूलाई उच्च ज्वरो र लगातार झाडापखाला लागेको थियो।
टोलका १५ जनाभन्दा बढीमा पनि झाडापखालाका लक्षण देखिएका छन्।
स्थानीयले समयमै स्वास्थ्यकर्मी नआएको गुनासो गरेका छन् ।अति गरीब जाति मानिने मुसहर बस्तीमा स्वच्छ पानी र सरसफाइको अभावका साथै उपचारको पहुँच नभएका कारण रोग फैलिएको आशंका गरिएको छ।







