प्रहरीले घुस लिएको फोटो खिच्ने पत्रकारलाई दुर्ब्यहार

सप्तरी । फोटो खिचेको निहुँमा नयाँ पत्रिका दैनिकका सौरभ यादवलाई प्रहरी हवल्दार देवेन्द्र यादवले दुर्व्यवहार गरेका छन् । 

सप्तरी जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका–१ स्थित राजविराज भन्सार कार्यालय अगाडि प्रहरीले एक व्यापारीसँग रकम लिँदै गरेको फोटो खिच्दा शुक्रबार प्रहरीले पत्रकार यादवलाई १५ मिनेट नियन्त्रणमा समेत लिएको महासंघको मधेस प्रदेश समितिले जनाएको छ ।

पेशागत धर्म निर्वाहका क्रममा पत्रकारमाथि प्रहरीबाट भएको यो व्यवहारलाई महासंघले अत्यन्त निन्दनीय प्रेसविरोधी कदमका रुपमा लिएको छ ।

महासंघका केन्द्रीय महासचिव रामप्रसाद दाहालले एक प्रेस बिज्ञप्तिमार्फत आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन र दोषीलाई कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेका छन् ।