प्रभु बैंकको सिइओमा सुमन शर्मा नियुक्त

काठमाडौँ । प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा सुमन शर्मा नियुक्त भएका छन्। 

शर्मालाई आज बसेको सञ्चालक समितिको बैठकले सिइओमा नियुक्त गरेको बैंकले नेप्सेलाई दिएको जानकारीमा उल्लेख छ। उनको चार वर्षको कार्यकाल हुनेछ। शर्मासँग यो क्षेत्रमा काम गरेको २५ वर्षको अनुभव छ।

उनले यसअघि तत्कालीन सानराइज बैंक (हाल लक्ष्मी सनराइज), माछापुच्छ्रे बैंकमा सिइओको रूपमा समेत काम गरेका थिए। उनले अर्थशास्त्र र व्यवस्थापनमा स्नाकोत्तर गरेका छन्।