सप्तरीमा १ सय बढी उम्मेदवार

ललिता साह, सप्तरी । फागुन २१ गते तोकिएको प्रतिनिधिसभा निर्वाचनका लागि सप्तरी जिल्लामा स्वतन्त्र तथा विभिन्न राजनीतिक दलका गरी १ सय ५ जना उम्मेदवारको मनोनयन दर्ता भएको छ।

निर्वाचन क्षेत्र नम्बर १
निर्वाचन क्षेत्र नम्बर १ मा स्वतन्त्रतर्फ लेखनाथ ठाकुर, रिजवाना खातुन र रामकुमारी रहेका छन्।

जनमत पार्टीबाट जयकान्त राउत, उज्यालो नेपाल पार्टीबाट हर्कनारायण चौधरी, नागरिक उन्मुक्ति पार्टीबाट टिकालक्ष्मी चौधरी उम्मेदवार बनेका छन्।

यसैगरी नेपाली कांग्रेसबाट रामदेव शाह तेली, नेपाल जनता पार्टीबाट दिपेन्द्र प्रसाद यादव, राष्ट्रिय स्वतन्त्र पार्टीबाट पुष्पा कुमारी चौधरी, नेपाली कम्युनिस्ट पार्टीबाट सागर कुमार चौधरी, रविन्द्र चौधरी, सुमनराज प्याकुरेल, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट सत्यजितकुमार झा, राष्ट्रिय एकता दलबाट शम्भुप्रसाद देव, आम जनता पार्टीबाट कौशल शाह, नेपाल जनता संरक्षण पार्टीबाट खेमराज जैसी तथा स्वतन्त्र उम्मेदवार उम्दादेवी सरदार र मोहम्मद अमिन रहेका छन्।

निर्वाचन क्षेत्र नम्बर २
निर्वाचन क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीबाट रामजी यादव, नेपाल मजदुर किसान पार्टीबाट निलमकुमारी यादव, उज्यालो नेपाल पार्टीबाट दीपक चौधरी, जनता समाजवादी पार्टी नेपालबाट उमेश कुमार यादव, नेपाली कांग्रेसबाट राम कुमार यादव उम्मेदवार छन्।

यस्तै जनमत पार्टीबाट चन्द्रकान्त (सीके) राउत, नेपाल जनता पार्टीबाट रञ्जुकुमारी झा ठाकुर, जनता लोकतान्त्रिक पार्टी नेपालबाट बलरामप्रसाद यादव, नेपालका लागि नेपाली पार्टीबाट इन्द्रसागर गुप्ता, स्वाभिमान पार्टीबाट सतिशकुमार सिंह, नेपाल संघीय समाजवादी पार्टी (एकल चुनाव चिन्ह)बाट राजकुमार मण्डल, राष्ट्रिय निर्माण दल नेपालबाट अफरोज आलम, नेपाली कम्युनिस्ट पार्टीबाट मोहम्मद च्याउल रहमान र सूर्यनाथप्रसाद यादव उम्मेदवार छन्।

यस क्षेत्रमा स्वतन्त्रतर्फ बिन्दुकुमारी चौधरी, प्रेमकुमार यादव, अम्बिकादेवी साफी, अविनाश कुमार सिंह, रामविलास ठाकुर, सुशिला कुमारी शाह, विनोदानन्द झा, सन्तोष कुमार रजक, किसुन्देव राम, विश्वेश्वर यादव, साधनादास, जितेन्द्र कुमार यादव र पारसमणि यादव रहेका छन्।

श्रम संस्कृति पार्टीबाट त्रिभुवन खण्ड, सार्वभौम नागरिक पार्टीबाट दीपक कुमार मण्डल, आम जनता पार्टीबाट सुनिलराज दास, राष्ट्रिय मुक्ति पार्टी नेपालबाट अनिस अन्सारी, जनअधिकार पार्टीबाट सरद सिंह यादव र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अझै कुमारदास उम्मेदवार छन्।

निर्वाचन क्षेत्र नम्बर ३
निर्वाचन क्षेत्र नम्बर ३ मा राष्ट्रिय मुक्ति पार्टी नेपालबाट गजेन्द्र कुमार मण्डल, नेपाली कम्युनिस्ट पार्टीबाट अरुणकुमार शाह र ताराकान्त चौधरी, उज्यालो नेपाल पार्टीबाट परमेश्वरलाल शाह, जनमत पार्टीबाट सुरेन्द्रप्रसाद शर्मा, नेपाली कांग्रेसबाट दिनेशकुमारी यादव, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उम्रेश्वरप्रसाद शाह, नेपाल मजदुर किसान पार्टीबाट प्रभुप्रसाद शाह उम्मेदवार छन्।

यसैगरी आम जनता पार्टीबाट धनीलाल चौधरी, राष्ट्रिय स्वतन्त्र पार्टीबाट अमरकान्त चौधरी, नेपाल जनता पार्टीबाट सन्तोष कुमार चमन, श्रम संस्कृति पार्टीबाट जय नारायण मण्डल र जनता समाजवादी पार्टी नेपालबाट उपेन्द्र यादव उम्मेदवार बनेका छन्।

स्वतन्त्रतर्फ ओमप्रकाश विश्वकर्मा, कौशल कुमारी चौधरी, हरिनारायण पासमान, प्रभुनारायण चौधरी, जियादेवी सदा, सरिता कुमारी यादव, कोशीला देवी पासमान र धोबीलाल यादव रहेका छन्।
बहुजन एकता पार्टी नेपाल (एकल चुनाव चिन्ह)बाट महादेव राम उम्मेदवार छन्।

निर्वाचन क्षेत्र नम्बर ४
निर्वाचन क्षेत्र नम्बर ४ बाट नागरिक उन्मुक्ति पार्टी नेपालबाट रामाकांश चौधरी, राष्ट्रिय स्वतन्त्र पार्टीबाट सीताराम शाह, जनमत पार्टीबाट जितेन्द्र कुमार शाह, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रूप कुमार न्यौपाने, उज्यालो नेपाल पार्टीबाट विश्व कुमार यादव, आम जनता पार्टीबाट अनिता कुमारी चौधरी, नेपाली कांग्रेसबाट तेजुलाल चौधरी उम्मेदवार छन्।

नेपाली कम्युनिस्ट पार्टीबाट गङ्गाप्रसाद चौधरी र रुबी कुमारी कर्ण, नेपाल मजदुर किसान पार्टीबाट रामनारायण शाह, नेपाल जनता पार्टीबाट कौशल किशोर दास उम्मेदवार बनेका छन्।

स्वतन्त्रतर्फ विनोद कुमार मण्डल, शिवकुमार कापैर, मोहम्मद जाकिर अलि, सञ्जीवकुमार शाह, सुरेन्द्रप्रसाद शाह, श्याम सुन्दर शाह, केश्वर प्रसाद शाह, कृतिनन्द चौधरी, दुर्गाप्रसाद यादव, प्रेमकुमारी महरा, सनमकुमारी चौधरी, रामेश्वर मण्डल धानुक, सुनिल कुमारी यादव र सन्तोषप्रसाद सिंह रहेका छन्।नेपाली जनता दलबाट रामबाबु राजा उम्मेदवार छन्।

मनोनयन दर्ताको अन्तिम दिन मंगलबार बेलुकी ५ बजेसम्म तोकिएको समयसीमाभित्र सप्तरीका चारै प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट विभिन्न दल तथा स्वतन्त्र उम्मेदवार गरी जम्मा १ सय ५ जनाको मनोनयन दर्ता भएको जिल्ला निर्वाचन कार्यालय सप्तरीले जनाएको छ।