अटो दुर्घटना हुँदा देउरानी-जेठानीको निधन, पाँच घाइते

रुकुमपूर्व । रुकुमपूर्व भूमे गाउँपालिका–१ पञ्चासेमा अटो दुर्घटना हुँदा एकै घरका दुई जनाको ज्यान गएको छ भने पाँच जना घाइते भएका छन्।

शनिबार साँझ लुगुमबाट ब्राहताल जाँदै गरेको रा १ ह ६७९७ नम्बरको अटो पञ्चासेमा सडकबाट करिब ३०० मिटर तल खसेको थियो। दुर्घटनामा भूमे–१ की ३० वर्षिया रेजिना घर्ती र २५ वर्षकी सबिता घर्तीको निधन भएको प्रहरीले जनाएको छ । उनीहरू एकाघरका देउरानी-जेठानी हुन् ।

घाइते पाँच जना उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन्।

दुर्घटनापछि फरार अटो चालक जोतिलाल घर्तीलाई प्रहरीले आइतबार बिहान नियन्त्रणमा लिएको बताइएको छ।