रुकुम पश्चिमका तीन स्थानीय तहमा निषेधज्ञा जारी

बुटवल । रुकुम पश्चिमका तीन स्थानिय तहमा निषेधाज्ञा जारी गरिएको छ । आइतबार एकैदिन १८ जनामा कोरोना संक्रमित पुष्टि भएपछि कोरोना संक्रमनको जोखिमलाई मध्ये नजर गरी आज बिहान ४ बजेदेखि भदौ १४ गत्ते आइतबार राती १२ बजे सम्मका लागि तीन स्थानिय तहमा निषेधज्ञा जारी गरिएको हो ।

रुकुमका प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौड्यालले मुसिकोट नगरपालिका र सानिभेरी गाउँपालिकाका सम्पूर्ण क्षेत्र तथा आठबीसकोट नगरपालिकाका तीन वटा वडामा निषेधाज्ञा जारी गरिएको जानकारी दिएका छन् । पछिल्लो समय जिल्लामा कोरोना भाइरसका संक्रमितहरु थपिदै गएकाले त्यसको रोकथाम तथा न्युनिकरणका लागि संक्रामक रोग ऐन २०२० एवं स्थानिय प्रशासन ऐन २०२८ बमोजिम एरिया सिल तथा निषेधज्ञा जारी गरिएको प्रजिअ पौड्यालले बताए ।

प्रजिअ पौड्यालका अनुसार निषेधाज्ञा जारी गरिएका क्षेत्रमा अत्यावश्यक बाहेका सबै सेवा बन्द हुनेछन । यस अवधिमा अत्यावश्यक काम नपरी हिडडुल गर्न पनि निषेध गरिएको छ । एम्बुलेन्स, शव वाहन, शान्ति सुरक्षा, स्वास्थ्य, विद्युत, दूरसञ्चार, खानेपानी, दुग्धजन्य पदार्थ, फोहरमैला व्यवस्थापन, ग्यास पेट्रोलिमय पदार्थ, औषधी पसल, खाद्यान्न, तरकारी आपूर्ती, अत्यावश्यक सेवामा खटिएका जनशक्तिहरुले प्रयोग गरेका सवारी साधनहरु विपद सम्बन्धी लगायतका अत्यावश्यक सेवाहरु मात्र सूचारु हुने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

त्यस्तै खाद्यान्न तथा तरकारी पसलहरु भने आवश्यक स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरी बिहान ६ बजेदेखि ९ बजेसम्म मात्र सञ्चालन गर्न सकिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

Loading...