पाल्पामा पिसिआर मेसिन खरिदका लागि एक करोड

पाल्पा,७ भदौ । पाल्पामा पिसिआर मेसिन जडानको लागि एक करोड निकासा भएको छ । जिल्ला अस्पताल पाल्पाले नै पिसीआर मेशिन खरिद गर्न सक्ने गरी नेपाल सरकारले आवश्यक रकम अस्पतालको नाममा निकाशा गरेको हो । कोरोना संक्रमण,रोकथाम, नियन्त्रण तथा उपचारकोष सञ्चालक समितिको यही भाद्र २ गतेको १० औं बैठकबाट १ करोड रकम निकासा भएको हाे । जिल्लास्थित सिसिएमसी र अस्पताल ब्यवस्थापन समितिले छोटो प्रक्रियाबाट पिसिआर मेशिन तथा अन्य उपकरण खरिद गरी प्रयोगशाला सञ्चालन गर्न रकम निकास गरिएको प्रदान प्रधानमन्त्री तथा मन्त्री परिषद् कार्यालयका उपसचिब बद्रीप्रसाद तिवारीले बताउनुभयो । पछिल्लो समय पाल्पामा कोरोना समुदायमा स्तरमा देखिन थालेको अवस्थामा परिक्षणको दायारालाई विस्तार गर्न सहज हुने अपेक्षा लिईएको छ । साथै छिमेकी जिल्लाहरु गुल्मी,अर्घाखाँचि लगायतका जिल्लाको स्वाब परिक्षण समेत टेवा पुग्ने छ ।

Loading...