काठमाडौं उपत्यकामा थपिए १६६ जना कोरोना संक्रमित

काठमाडौं । काठमाडौं उपत्यकामा आज थप १६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १२६, ललितपुरमा १२ र भक्तपुरमा २८ जना गरी जम्मा १६६ जना संक्रमित थपिएका छन् । शनिबार काठमाडौँ उपत्यकामा २१६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । जसमा काठमाडौंका १६० जना, ललितपुरमा ६ र भक्तपुरका ५० जना थिए ।

मन्त्रालयका अनुसार आजसम्म मुलुकभर सक्रिय संक्रमित १३ हजार १५५ रहेको छ । नेपालमा आइतबार थप ८१८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ३१ हजार ९३५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आइतबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।

पछिल्लो २४ घण्टामा थप २८१ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १८ हजार ६३१ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

मन्त्रालयका अनुसार शनिबारसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १४६ पुगेको थियो । आज थप ३ जनाको कोरोनाले मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या १४९ पुगेको छ ।

Loading...